Wednesday, October 7, 2026
Home मनोरन्जन लामो समयदेखि बिरामी ७९ वर्षका वरिष्ठ हास्यकलाकार दिन्यारको मृत्यु

लामो समयदेखि बिरामी ७९ वर्षका वरिष्ठ हास्यकलाकार दिन्यारको मृत्यु

90

जेठ २२,
काठमाडौं। भारतका वरिष्ठ मोडल, कमेडियन, फिल्म र थिएटर अभिनेता दिन्यार कन्ट्र्याक्टरको बुधबार निधन भएको छ । उनी ७९ वर्षका थिए । परिवारका अनुसार उनी लामो समयदेखि बिरामी थिए । दिन्यारको अन्तिम संस्कार बुधबार नै वरली मुम्बईमा साढे ३ बजे गरिनेछ ।
सन् १९६६ बाट करियरको सुरुवात गर्ने दिन्यारलाई विशेषगरी बाजीगर, ३६ चाइना टाउन, खेलाडी, बादशाहजस्ता फिल्मका लागि चिनिन्छ । उनले विभिन्न टेलिभिजन शोमा पनि काम गरेकी थिइन् । दिन्यारले आफ्नो करियर थिएटर आर्टिस्टको रुपमा गरेका थिए । उनी हिन्दी र गुजराती नाटकमा धेरै काम गर्दथे ।

दिन्यारले सन् २०१९ मा पद्मश्री अवार्ड पाएका थिए । आफ्नो नामको घोषणा भएपछि दिन्यारले एक अन्तरवार्तामा आफूलाई विश्वास नै नभएको बताएका थिए । मलाई कसैले मूर्ख बनाइरहेको जस्तो पनि लागेको थियो । तर पछि अत्यधिक फोन आउन थालेपछि मैले विश्वास गरेँ ।