Thursday, October 29, 2026
Home समाचार भक्तपुरमा विप्लव माओवादी द्धारा जग्गा कब्जा

भक्तपुरमा विप्लव माओवादी द्धारा जग्गा कब्जा

206

जेठ २२,
भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भक्तपुरमा एक रोपनी जग्गा कब्जा गरेको दाबी गरेको छ। विप्लव माओवादीको भक्तपुर जिल्ला जनपरिषदले चाँगुनारायण नगरपालिका–२ दुवाकोटको एक रोपनी एक दाम जग्गा कब्जामा लिएको हो। उक्त जग्गा चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको नाममा छ। कित्ता नम्बर १७९८ रहेको उक्त जग्गामा सोमबार विप्लव माओवादीले झन्डा गाडेको छ।

भू-माफियाले चलखेल गरी उक्त जग्गाका वास्तविक धनीबाट उम्काएको आरोप विप्लव समूहले लगाएको छ। जग्गा भएको स्थानमा ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन, अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ,’ लेखिएको छ। जनपरिषदले सो जग्गा कब्जामा लिएको भन्दै विज्ञप्ति पनि जारी गरेको छ। विज्ञप्तिमा त्यहाँका समाजसेवी, भलादमी र बुद्धिजीवीसँग छलफल गरिएको र वास्तविक धनी पीडित भएको पुष्टि भएकाले कब्जामा लिइएको दाबी गरिएको छ।