Saturday, July 18, 2026
Home Blog Page 1526
जेठ २८, बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा जोड दिनुभएको छ । सोमबार बैतडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रेसलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने बताउनुभएको हो । प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रेस राष्ट्रको चौथो अङ्ग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु ।”...
जेठ २८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ । सोमबार सम्पन्न सो दुईदिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि उठ्ने, पाठ्यक्रम निर्माणमा बहुविधागत विषय संलग्न गराउने, विश्वका ख्यातिप्राप्त उच्च शैक्षिक संस्थासँग शैक्षिक सहकार्य गर्ने, अन्तर्राष्ट्रियकरणलाई महत्वपूर्ण रणनीतिको रुपमा...
एजेन्सी, जेठ २८, काठमाडौँ । दुई वर्षअघि मलेसियाको विमानस्थलमा हत्या गरिएका किम जोङ नाम अमेरिकी खुफिया एजेन्सी सिआइएका एजेन्ट भएको खुलेको छ। अमेरिकाको प्रतिष्ठित समाचार पत्र वाल स्ट्रिट जर्नलले नामले सिआइएलाई सूचनाहरू उपलब्ध गराउने गरेको खुलेको समाचार प्रकाशन गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाइ नामको सिआइएसँग कुन तहको सम्बन्ध थियो भन्ने नखुले पनि उनीहरूको कनेक्सस रहेको...
जेठ २८, बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायका अनुसार हिजो बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर मृत्यु भएको हो । मुत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय रामशरण अधिकारी रहेको प्रहरीले जनाएको छ ।‘गाउँमा बेलाबखत आफैँले बिजुली लाइन...
जेठ २८, काठमाडौँ । सिभिल बैंकका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा सहुलियत प्रदान गर्ने उद्देश्यले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको हो ।सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्फबाट अध्यक्ष आर। यस। भण्डारीले हस्ताक्षर गरे ।
जेठ २८, काठमाडौं । युटुब मार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा मेमे नेपालका सञ्चालक भक्तपुर बालकोट बस्ने सुनसरी धरान उपमहानगरपालिका(१४ बिजयनगरका २४ वर्षीय प्रनेश गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।मिलन चाम्लिङ राईले निर्देशन गरेको नेपाली कथानक चलचित्र वीरबिक्रम २ को प्रचार प्रसार गरीदिन्छु भन्ने कुराकानीमा निर्देशक राईले नमाने पश्चात प्रनेश समेतले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्‍याउने, चलचित्रको...
एजेन्सी,जेठ २८, काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोण विवाहपछि पहिलो पटक फिल्ममा एकसाथ स्क्रिन सेयर गर्ने भएक छन् । दीपिका फिल्म ‘८३’को छायांकनको लागि लण्डन पुगेकी छन् । फिल्ममा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निभाउँदै छन् । भने दीपिका कपिल देवको पत्नीको रोलमा देखिने छिन् । यो जोडीले विवाह भन्दा पहिला ‘रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’मा एक...
जेठ २८, रौतहट । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा ट्रकले रोकि राखेको यात्रुबाहक बसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । को १ ख २६२५ नम्बरको ट्रकले रोकी राखेको ना ६ ख ९०३० नम्बरको बसलाई सोमबार राति १ बजे पछाडिबाट ठक्कर दिँदा सो घटना भएको हो । सो बस यात्रुृलाई सौच गराउन रोकिएको थियो...
जेठ २८, काठमाडौँ । अर्थमन्त्री डा। युवराज खतिवडाले दक्षिण एसियामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दावी गरेका छन्। पुँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एसियामा सबैभन्दा राम्रो रहेको उनको भनाइ छ। मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै अर्थमन्त्री खतिवडाले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी...
जेठ २८, साँखु। चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासी आन्दोलित भएका हुन् । वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै सोही क्षेत्रका स्थानीयवासीले दुःखेसो पोखेका छन् । सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी,...