सिभिल बैंकका ग्राहकहरुलाई ह्याम्स हस्पिटलमा आकर्षक छुट

65

जेठ २८,
काठमाडौँ । सिभिल बैंकका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा सहुलियत प्रदान गर्ने उद्देश्यले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्फबाट अध्यक्ष आर। यस। भण्डारीले हस्ताक्षर गरे ।