रौतहटमा ट्रकको ठक्करबाट २ भारतीय तीर्थयात्रीको मृत्य

125

जेठ २८,
रौतहट । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा ट्रकले रोकि राखेको यात्रुबाहक बसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । को १ ख २६२५ नम्बरको ट्रकले रोकी राखेको ना ६ ख ९०३० नम्बरको बसलाई सोमबार राति १ बजे पछाडिबाट ठक्कर दिँदा सो घटना भएको हो । सो बस यात्रुृलाई सौच गराउन रोकिएको थियो ।

दुर्घटनामा बसका यात्रु भारत ओडिसाका ५४ वर्षीय चरण विश्वाल र ५२ वर्षीय विजयकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २१ मध्ये ६ को अवस्था गम्भीर छ । मृतक र घाइते सबै भारतीय नागरिक हुन् । उनीहरु तीर्थयात्राका लागि नेपाल आएका थिए ।