दीपिका र रणवीर विवाहपछि ‘८३’ मा स्क्रिन सेयर गर्दै

212

एजेन्सी,जेठ २८,
काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोण विवाहपछि पहिलो पटक फिल्ममा एकसाथ स्क्रिन सेयर गर्ने भएक छन् । दीपिका फिल्म ‘८३’को छायांकनको लागि लण्डन पुगेकी छन् । फिल्ममा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निभाउँदै छन् । भने दीपिका कपिल देवको पत्नीको रोलमा देखिने छिन् । यो जोडीले विवाह भन्दा पहिला ‘रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’मा एक साथ काम गरिसकेका छन् । फिल्मको छायांकन मे १५ बाट सुरु भएको छ । यो फिल्ममा १९८३ मा भारतले विश्वकप जितेको कथालाई समेटेर तयार पारिएको छ ।

कबिर खानले निर्देशन गर्न लागेको फिल्ममा रणवीर र दीपिकासँग एमी विर्क, ताहिर राज भसिन, साकिब सलीम, साहिल खट्टर, चिराग पाटिल, हार्डी संधू लगायत कलाकारको अभिनय रहने छ । यो फिल्म २०२० अप्रिल १० मा रिलिज हुनेछ ।