जेठ ३०,
जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा बम विस्फोट भएको छ। बुधबार राति लगभग साढे नौ बजेतिर नगरपालिकाको सभाहल नजिकै रहेको सानो कोठामा बम विस्फोट भएको हो। विस्फ़ोटले सभाहलको पर्खाल र सोफ़ा जलेको धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी दिएका छन्।विस्फोट कसले र किन गराएको भन्ने केही नखुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए। विस्फोटको क्षतिबारे थपबारे अनुसन्धान जारी रहेको...
-अन्नपूर्ण पोष्ट
जेठ ३०, भक्तपुर । भक्तपुर नगरपालिकाले टौमढीस्थित भैरवनाथ मन्दिरको जीर्णोद्धार गरिरहेको छ। १ करोड ४६ लाख रुपैयाँको लगतमा जीर्णोद्धार भइरहेको छ। स्थानीय न्हुछेराम भेले अध्यक्षताको उपभोक्ता समितिमार्फत धमाधम जीर्णोद्धार भइरहेको छ। असारभित्र जीर्णोद्धार काम सम्पन्न गर्नुपर्नेछ।०७२ सालको भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति पु¥याएको थियो। झिंगटीको छाना भूकम्पपछि हल्लिएर पानी चुहिने भएको थियो। भूकम्पले मन्दिरका भित्री गारो चिराचिरा मात्र...
-सूर्यप्रसाद पाण्डे ( अन्नपूर्ण पोष्ट)जेठ ३०, काठमाडौं । सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ। शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र ९नोअब्जेक्सन लेटर–एनओसी० नदिने निर्णय गरेको छ।निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए। उनका अनुसार डिप्लोमा तहको कोर्स अध्ययनमा...
-नेपाल समाचारपत्र दैनिक
जेठ ३०, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समयमै अधिवेशन गरेर आफ्ना शसक्त भ्रातृ संगठनहरुलाई चलायमान बनाउन नसक्दा पार्टी नेतृत्वले चर्को आलोचना खेपिरहनुपरेको छ । पार्टीका शीर्ष नेताहरु भ्रातृ संगठन लथालिङ्ग बनाएको कारण कांग्रेस बलियो हुन नसकेको र कम्युनिष्ट सरकारको गलत क्रियाकलापको पर्दाफास गर्न नसकिएको पनि बताइएको छ ।नेपाली कांग्रेसको नर्सरी मानिँदै आएका नेपाल विद्यार्थी संघ...
-नेपाल समाचारपत्र दैनिक
जेठ ३०, काठमाडौं । सरकारले निजी विद्यालयलाई अंकुश लगाउने गरी राष्ट्रिय शिक्षा ऐन–२०७६ ल्याउने भएको छ । उक्त ऐनमा सार्वजनिक कोषबाट तलब, भत्ता खाने कर्मचारीले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरिएको छ । कानुन मन्त्रालयमा पुगेको उक्त ऐनको मस्यौदाको दफा १४४ मा यस्तो व्यवस्था गर्नसक्ने उल्लेख छ ।उक्त ऐनमा सार्वजनिक विद्यालय पढ्ने विद्यार्थीलाई सरकारले विशेष प्रोत्साहन दिनसक्ने,...
-टपेन्द्र कार्की ( नागरिक दैनिक)
जेठ ३०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापाको अवस्था बलियो बन्दै गएको छ। एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूह निर्णायक अवस्थामा देखिएको छ। पार्टीभित्र केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ। पार्टीमा थापा समूहका एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य...
मिथिलेश यादव ( नागरिक दैनिक) सिरहा । अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ। जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र पारेको हो।नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य...
जेठ २९, बाँके । बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट...
जेठ २९
काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न भएको छ भने दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिएको छ। संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ५२ प्रतिशतले...
जेठ २९,
काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से साढे ३ अंकले ओर्लिएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि गृहकार्य चलिरहेका बेला नेप्से घटिरहेको छ। विगत दुई सातामा नेप्से ४७ अंकले घटिसकेको छ। आजको कारोबारपछि नेप्से १२७२ अंकमा कायम भएको छ। यस दिन १७४ कम्पनीके ५० करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।बजेटलाई लगानीकर्ताले उत्साहप्रद भन्दै व्याख्या गरे पनि...









