Saturday, July 18, 2026
Home Blog Page 1522
जेठ २९, परासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको आज दिउँसो मृत्यु भएको हो । आज दिउँसो १ः४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका लोनियालाई उपचारका लागि सामुदायिक अस्पताल चौपत्ता लगेकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका...
जेठ २९, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरीबीका कारण कोही पनि नागरिक शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सार्वजनिक शिक्षा क्षेत्र सुधारका लागि प्राथमिकता दिएको बताउनुभएको छ । तारकेश्वर नगरपालिका गोलढुङ्गास्थित पृथ्वीनारायण माविको नवनिर्मित भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधानको मौलिक हकको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा शिक्षा क्षेत्रमा सुधारका लागि सामुदायिक विद्यालय गुणस्तर...
जेठ २९, काराकास । भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् । पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिए । उनले बेपत्ता भएका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको पनि बताए । उक्त घटनाका बारेमा अधिकारीहरुले भने कुनै टिप्पणी गरेका छैनन् ।तटीय सुरक्षा...
जेठ २९, काठमाडौं । सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा श्रृंखला खतिवडा अनुबन्धित भएकी छन् । सुजुकीको लागि नेपाल अधिराज्यभरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भि.जी. अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्ज (बर्गम्यान), एक्सेस र लेट्स को लागि मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई व्राण्ड एम्बेसडरको लागि अनुबन्धित गरेको हो । सुजुकीले आफ्नो स्कुटर ब्राण्ड बर्गम्यान, एक्सेस र लेट्सले बजार प्रवद्र्धनका साथै जनमानसमा ब्राण्डप्रतिको विश्वासलाई अझ...
जेठ २९, बार्सिलोना। नेपालमा रेल यातायातको सपना देखाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स पुग्ने भएका छन्। तीन दिने बेलायत भम्रणसकेर प्रधानमन्त्री ओली आज दिउँसो रेलमार्ग हुँदै फ्रान्स पुग्ने भएका हुन्। १९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको सुरुङमार्ग ५० किलोमिटर लामो रहेको छ । प्रत्येक वर्ष करिब...
एजेन्सी, जेठ २९, काठमाडौँ । यात्रु बसालेर उड्नै लागेको बेला जब जहाजको आकस्मिक ढोका खुल्यो भने के होला ? हालै एउटा यस्तै घटना भएको छ । एकजना महिला यात्रुले ट्वाइलेटको ढोका भन्ठानेर जहाजको इमर्जेन्सी ढोका खोलेपछि उडान भर्नै आँटेको जहाजभित्र तहल्का मच्चियो । पाकिस्तानको वायुसेवा कम्पनी पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको पिके ७०२ को विमान शनिबार बिहान बेलायतको म्यानचेष्टर विमानस्थलबाट उडान भर्दै...
जेठ २९, काठमाडौँ । यूरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायतमा रहेका गोरखा सैनिकहरूले सलामी अर्पण गरेका छन्। प्रधानमन्त्री ओली मंगलबार संयुक्त राज्य बेलायतको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा पुगेका थिए। नेपाली राष्ट्रिय गान बजाएर उनलाई सलामी दिइएको थियो ।उनलाई ’ब्रिगेड’मा रहेका गोरखा सैनिकले गार्ड अफ अनर प्रदान गरेका हुन्। त्यसअघि प्रधानमन्त्री ओलीले समकक्षी थेरेसा...
एजेन्सी, जेठ २९, कम्पाला– युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन् । छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले बताए । कङ्गोमा इबोलाको संक्रमण व्यापक रुपमा फैलिएसँगै युगान्डामा सतर्कता अपनाइएको थियो । सन् २०१२ मा युगान्डामा इबोला र मारबर्ग भाइरस...
एजेन्सी, जेठ २९, मेक्सिको । मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्को राज्यका अरु सञ्चारमाध्यममा समेत कार्य गरेकी थिइन् । मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन् । पत्रकारहरुका लागि विश्वमै मेक्सिको सबैभन्दा खतरनाक...
जेठ २९, काठमाडौँ । कुमारी बैंकको स्थापना २०५७ साल २१, चैत्रमा भएको हो । यस बैंकले स्थापना कालदेखि नै बैंकिङ सेवा प्रवाह गरिरहेको छ । स्थापना कालदेखि नै नेपालको बैंकिङ क्षेत्रमा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । कुमारी बैंकले हालै एकैपटक दुई अर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । बैंकले १७औं र १८औं साधारण सभा एकैपटक गरेको...