Tuesday, September 22, 2026
Home समाचार धनुषाधाम नगर कार्यालयमा बम विस्फोट

धनुषाधाम नगर कार्यालयमा बम विस्फोट

214
सांकेतिक तस्विर

जेठ ३०,
जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा बम विस्फोट भएको छ। बुधबार राति लगभग साढे नौ बजेतिर नगरपालिकाको सभाहल नजिकै रहेको सानो कोठामा बम विस्फोट भएको हो। विस्फ़ोटले सभाहलको पर्खाल र सोफ़ा जलेको धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी दिएका छन्।

विस्फोट कसले र किन गराएको भन्ने केही नखुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए। विस्फोटको क्षतिबारे थपबारे अनुसन्धान जारी रहेको एसपी खनालले जानकारी दिए। ‘कसले, कुन बम किन पड्कायो भन्नेबारे अनुसन्धान गरिरहेका छौं,’ खनालले भने।