असार १०,
काठमाडौं– प्रतिनिधि सभाका १ सय १० समानुपातिक सांसदको अपमान गरेको भन्दै सत्तारुढ दलकी एक सांसदले अर्थमन्त्री डा। युवराज खतिवडाको राजीनामा माग गरेकी छन् । प्रतिनिधि सभाको शून्य समयमा सांसद रेनुका गुरुङले मनोनित सांसद खतिवडाले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई विभेद गरेर प्रतिनिधि सभाका सदस्यहरूको मानमर्दन गरेको आरोप लगाएकी हुन् ।‘कानून निर्माण गर्ने, बजेट पारित गर्ने र...
असार १०,
काठमाडौँ । गत शुक्रबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यले मंगलबार फेरी रेकर्ड तोडेको छ।शुक्रबारदेखि कारोबार भएको दुई दिन स्थिर रहेको सुनको मूल्यमा मंगलबार पुन ५०० रुपैयाँले वृद्धि भएको छ। मंगलबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार ५०० रुपैयाँ तोकिएको छ।तेजावी सुनको मूल्य ६५ हजार २०० र चाँदीको मूल्य ७४० रुपैयाँमा कारोबार...
असार १०,
काठमाडौँ । प्रकाश सपूतको गलबन्दी च्यातियो...गीतको भाका आफ्नो गीतबाट चोरेको आरोप अर्का गायक शम्भु राईले लगाएपछिको विवाद प्रतिनिधिसभामा पनि पुगेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले यो विवादबारेमा प्रश्न उठाएका हुन्। सांसद बिमला बिकले प्रकाश सपुत र शान्ति श्री परियारको गायको गलबन्दी च्यातियो तिमिले।।। गीत कपी गरेको आरोपमा गायक राईका समर्थकले सिंगो दलित समुदायमाथि आक्रमण गरेको...
असार १०,
काठमाडौँ । सडकको अवस्थाबाट आजित बनेका साखुँवासीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालको बाटो छेकेका छन्। शङ्खरापुर नगरपालिकाले सोमबार आयोजना गरेको नगरसभा कार्यक्रममा पुगेका नेपाललाई विभिन्न पटक आश्वासन दिने तर सडकको निर्माणमा चासो नदिने भन्दै साँखुवासीले बाटो छेकेका हुन्।साँखु क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेको भन्दै इन्द्रायणीका मिलन खड्काले जनताको समस्या सुन्नका लागि समय दिनुपर्ने...
असार १०,
बाँके । कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन सरकारले नयाँ अभियान अघि सारेको छ । देशका विभिन्न जिल्लामा नमूनाका रूपमा कार्यान्वयनमा आएको उक्त अभियान यस वर्षदेखि बाँके र बर्दियामा पनि सञ्चालन भएको छ । कुष्ठरोग नियन्त्रणका लागि सरकारले वर्षौँदेखि ठूलो रकम खर्चिँदै आए पनि सङ्क्रमितको दर निरन्तर उस्तै देखिएपछि नयाँ अभियान थालिएको अभियानमा प्राविधिक सहयोग गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दामियन...
बीबीसी, असार १०,
काठमाडौँ । पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ। उनले हत्या गरेकामध्ये एक महिला नेपाली नागरिक थिइन्। उनले हत्या गरेका दुई बच्चा छदेखि आठ वर्षका थिए। नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको बताएको छ। अदालतले आफ्नो आदेश...
एजेन्सी, असार १०,
काठमाडौँ । जापानका मानिसहरुका लागि एक एक सेकेन्ड महत्वपूर्ण छ । कुनै पनि सेवामा ढिलाई हुँदा कम्पनीले सार्वजनिक रुपमा तत्काल माफी माग्नुपर्छ । यसपटक दक्षिणी जापानमा बिजुली आपूर्ती ठप्प हुँदा करिब २६ रेलको आवतजावत प्रभावित भएको छ । जसका कारण करिब १२ हजार यात्री तनावमा परेका छन् । रेलवेले अनुसन्धानको आदेश दिए । एक हप्तापछि एक...
असार १०,
नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । आजगनीबाट गाडीको पछाडिको भाग सामान्य जलेको छ । प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा भेटेको छ । यही आधारमा प्रहरीले...
असार १०,
काठमाडौं । गलबन्दी गीत मिलेको भन्दै संगीतकार शम्भु राईले न्यायको ढोका ढक्ढक्याएका छन् । यता एकथरी सर्जक चाहिं शम्भु राईको गीतसँग सपुतको गलबन्दी गीत हुबहु नमिलेको दाबी गर्छन् । यस्तै यस विवादमा लोक दोहोरी क्षेत्रकी चर्चित गायिका ज्योति मगरले आफ्ना अभिव्यक्ति राखेकी छन् । रमाइलो डटकमका लागि उत्सव रसाइलिले गर्नु भएको कुराकानी हेर्नुस्, ज्योतिसँग गरिएको कुराकानीhttps://www.youtube.com/watch?time_continue=6&v=J_kDKV_3gUw
अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न मिस नोबेल नेपाल–२०१९ मा मुख्य उपाधि जितेकी प्रिया मल्ल ठकुरी म्युजिक भिडियो हुँदै चलचित्रमा करियर बनाउन चाहन्छिन् । एमाजन इन्टरटेन्मेन्टद्वारा आयोजित उक्त प्रतियोगितामा फोटोजेनिक, ड्रेस तथा पपुलरको टाइटल एवार्ड समेत जितेकी प्रिया नृत्यमा अब्बल छिन् । नृत्यको औपचारिक प्रशिक्षण लिइसकेकी बसुन्धरा, काठमाडौंकी मल्ल ५ फिट ४ इन्च अग्ली छिन् । कक्षा १२ मा अध्ययनरत प्रिया...










