Sunday, October 18, 2026
Home अर्थ सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड

256

असार १०,
काठमाडौँ । गत शुक्रबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यले मंगलबार फेरी रेकर्ड तोडेको छ।

शुक्रबारदेखि कारोबार भएको दुई दिन स्थिर रहेको सुनको मूल्यमा मंगलबार पुन ५०० रुपैयाँले वृद्धि भएको छ। मंगलबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार ५०० रुपैयाँ तोकिएको छ।

तेजावी सुनको मूल्य ६५ हजार २०० र चाँदीको मूल्य ७४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।