Sunday, September 27, 2026
Home समाचार गलबन्दी च्यातियो…विवाद संसदमा

गलबन्दी च्यातियो…विवाद संसदमा

151

असार १०,
काठमाडौँ । प्रकाश सपूतको गलबन्दी च्यातियो…गीतको भाका आफ्नो गीतबाट चोरेको आरोप अर्का गायक शम्भु राईले लगाएपछिको विवाद प्रतिनिधिसभामा पनि पुगेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले यो विवादबारेमा प्रश्न उठाएका हुन्। सांसद बिमला बिकले प्रकाश सपुत र शान्ति श्री परियारको गायको गलबन्दी च्यातियो तिमिले।।। गीत कपी गरेको आरोपमा गायक राईका समर्थकले सिंगो दलित समुदायमाथि आक्रमण गरेको भन्दै आक्रोश पोखिन्।

उनले आफ्नो गीत प्रकाश सपूतले चोरेको दाबी गर्ने शम्भु राईलाई समर्थन गर्ने नाममा कलाकार र सर्जकमाथि अपमान गरिएको भन्दै कानुनी दायरामा ल्याएर अबिलम्ब कारवाही गर्न माग गरिन्। सांसद महेश्वर जंग गहतराजले प्रकाश सपुत र शान्तिश्री परियारलाई अपमानित र निरुत्साहित गरिएको गुनासो गरे। उनले सिंगो समुदायलाई नै अपमानित गर्ने गरि सामाजिक संञ्जालमा भइरहेका गतिविधि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न आग्रह गरे।