जापानमा २६ रेल प्रभावित र १२ हजार यात्रीलाई तनाव हुनुमा शंखेकिरा जिम्मेवार

1032

एजेन्सी, असार १०,
काठमाडौँ । जापानका मानिसहरुका लागि एक एक सेकेन्ड महत्वपूर्ण छ । कुनै पनि सेवामा ढिलाई हुँदा कम्पनीले सार्वजनिक रुपमा तत्काल माफी माग्नुपर्छ । यसपटक दक्षिणी जापानमा बिजुली आपूर्ती ठप्प हुँदा करिब २६ रेलको आवतजावत प्रभावित भएको छ । जसका कारण करिब १२ हजार यात्री तनावमा परेका छन् । रेलवेले अनुसन्धानको आदेश दिए । एक हप्तापछि एक रिपोर्ट जारी गर्दै यसका लागि शंखेकिरा जिम्मेवार भएको बताइयो । रेलवे अधिकारीले

उक्त घटना पहिलो नभएपनि निकै अनौठो भएको बताएका छन् । मे ३० तारिखमा बिजुली आपूर्ती ठप्प भएका कारण क्युशु रेलवे कर्पोरेशनको सेवामा असर पर्यो । यसकारण कम्पनीले बाध्यतावश आफ्ना २६ वटा रेलको सेवा बन्द गर्नुपर्यो । यस्तै, केही रेल ढिला गरेर चलेको थियो । उक्त घटनाका कारण थुप्रै स्टेशनमा रेल कुरेर बसिरहेका मानिसहरु तनावमा देखिए । कम्पनीका प्रवक्ताले भने, ‘बिजुली आपूर्तीमा आएको यो बाधाका लागि शंखेकिरा जिम्मेवार छ । सुरुमा हामीलाई लागेको थियो कि पावर सिस्टमभित्र जिउँदो

किरा छ तर पछि थाहा भयो कि त्यहाँ मरेको शंखे किरा रहेछ ।’स्थानीय मिडिया अनुसार शंखेकिरा भित्र जाँदा बिजुली उपकरणमा शर्ट सर्किट भएको थियो जसका कारण बिजुली आपूर्ति प्रभावित भएको थियो । यस्तै रेलवे अधिकारीले यस्तो घटना पहिलो पटक भएको बताएका छन् । उनले भने, ‘थुप्रै पटक हरिण वा अन्य जनावर रेलसँग ठोक्किने गर्दथे जसका कारण हामीलाई धेरै तनाव हुन्थ्यो तर पहिलो पटक एउटा सानो किराका कारण यस्तो समस्या भयो ।’-Ratopati.com