Thursday, October 29, 2026
Home मनोरन्जन मोडल प्रीया मल्ल ठकुरी सुन्दर तस्विरमा हेरौं

मोडल प्रीया मल्ल ठकुरी सुन्दर तस्विरमा हेरौं

329

अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न मिस नोबेल नेपाल–२०१९ मा मुख्य उपाधि जितेकी प्रिया मल्ल ठकुरी म्युजिक भिडियो हुँदै चलचित्रमा करियर बनाउन चाहन्छिन् । एमाजन इन्टरटेन्मेन्टद्वारा आयोजित उक्त प्रतियोगितामा फोटोजेनिक, ड्रेस तथा पपुलरको टाइटल एवार्ड समेत जितेकी प्रिया नृत्यमा अब्बल छिन् । नृत्यको औपचारिक प्रशिक्षण लिइसकेकी बसुन्धरा, काठमाडौंकी मल्ल ५ फिट ४ इन्च अग्ली छिन् । कक्षा १२ मा अध्ययनरत प्रिया फुर्सदमा नृत्य गर्न रुचाउँछिन् । वान पिस उनलाई विशेष मन पर्ने पहिरन हो । १८ वर्षीया प्रिया अहिले आफ्नो श्रृंगार आफैं गर्न सकियोस् भन्ने उद्देश्यले मेकअप आर्टिस्टको प्रशिक्षण समेत लिइरहेकी छिन् ।

कृष्ण भट्टराई
तस्बिर : कुबेर तामाङ/आर्टिस्ट नेपाल डटकम
पहिरन : मृगतृष्णा फेसन हाउस
मेकअप : सरिता थापा मगर
लोकेसन : फ्रेस फार्म, भंगाल, काठमाडौं
साप्ताहिकबाट