Sunday, July 26, 2026
Home Blog Page 1429
एजेन्सी, साउन ३, काठमाडौं । चीनको सिचुआन प्रान्तको मियानयाङ एअरपोर्टमा एक अनौठो दृश्य देखियो । त्यो के भने एक चिनिया यात्रुले विमान अवतरण गर्नुपूर्व नै विमानको आकस्मिक ढोका खोलिदिए । जब यसबारे ती यात्रुसँग सोधियो, जवाफमा उनले विमानमा ताजा हावा नमिलेको कारण आकस्मिक द्वार खोलेको बताए ।मिडिया रिपोर्ट्सका अनुसार उक्त व्यक्तिको ‘सरनेम’ चेन बताइएको छ । चेनको भनाइमा उनलाई निकै...
साउन ३, चितवन । सन् २०१९ को छ महीनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरुमध्ये ८८९ ले नियमित...
साउन ३, काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका –५ भुकाखोलामा जिप दुर्घटना भएको छ। कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी २ जनाको मृत्यु बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनु भयो। घटनामा ११ जना घाइते भएका छन्। जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको...
साउन ३, इलाम । इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ । किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर्वेक्षणअनुसार इलाम प्रदेश १ कै उत्कृष्ट...
एजेन्सी, साउन ३, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेलाई निलम्बन गरेको छ । जिम्बाबेको क्रिकेट बोर्डमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै आईसीसीले निलम्बन गरेको हो । आईसीसीको बिहिबार लन्डनमा बसेको बोर्ड बैठकले जिम्बावे क्रिकेट बोर्डको निर्वाचन लोकतान्त्रिक नभएको र सरकारको चरम हस्तक्षेप भएको उल्लेख गर्दै जिम्बाबेलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।तत्काल लागू हुने गरी गरिएको...
साउन ३, काठमाडौं । मधेशका नेता डा. सिके राउतको जीवनीमा आधारीत फिल्म निर्माण हुने भएको छ । ‘डा. सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारीत र ५० प्रतिशत फिल्मी कथा जोडेर फिल्म निर्माण हुने बुधबार प्रेसमिट गर्दै जानकारी दिइयो । आउँदो छठ पर्वमा फिल्म प्रदर्शन हुने समेत जानकारी गराइयो । कार्यक्रममा फिल्मको टिजर पनि सार्वजनिक गरिएको...
बीबीसी, साउन ३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको बताएका छन्। उक्त ड्रोन अमेरिकी पानीजहाजभन्दा झन्डै एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पले बताएका हुन्। गत जुनमा अमेरिकाको ड्रोन खसालेको इरानले भने अमेरिकाले दाबी गरेअनुरूप सो घटनाबारे आफूसँग कुनै जानकारी नभएको बताएको छ। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले हालको घटनालाई इरानले...
साउन ३, कैलाली । कैलालीको धनगढीमा बम विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा ज्यान गएको छ । धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा ज्यान गएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।धनगढी उपमहानगरपालिका वडा नम्बर ४...
साउन ३, जुम्ला । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेको आरोप छ ।कालीबहादुर रावललगायतका स्थानीयवासीको अगुवाइमा वडाध्यक्षमाथि लुमगाउँका स्थानीयले हातपात गरेको आरोप...
राजधानी दैनिक साउन ३, काठमाडौं । नेपालमा चट्याङबाट बर्सेनि सय बढीको मृत्यु हुने गरेको विपद् व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर, चट्याङको पूर्वानुमान क्षेत्रमा भने कसैको ध्यान पुगेको देखिँदैन ।गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार गत वर्ष मात्रै १ सय ५ जनाको चट्याङका कारण मृत्यु भयो । जसमा ५५ जना पुरुष र ५० जना महिला थिए ।...