बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते (नामसहित)

214

साउन ३,
काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका –५ भुकाखोलामा जिप दुर्घटना भएको छ। कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी २ जनाको मृत्यु बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनु भयो। घटनामा ११ जना घाइते भएका छन्। जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको छ। जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको छ।