साउन ४,
भारतीय कँग्रेसकी वरिष्ठ नेता शीला दीक्षितको शनिबार निधन भएको छ । उनी ८१ वर्षकी थिइन् ।
बिहान उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एस्काट्र्स फोर्टिस अस्पतालमा भर्ती गरिएको थियो । अस्पतालका निर्देशक डा. अशोक सेठले उनको उपचारको क्रममा दिउँसो ३ बजेर १५ मिनेट जाँदा दीक्षितलाई कार्डियाक अरेस्ट भएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।शीला दीक्षित १५ वर्षसम्म...
–शरद शर्मा (रासस)
साउन ४, पाल्पा । पाल्पास्थित ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको पाइएको छ । रानीमहलको नाममा पाल्पा खानीगाउँ गाविस–२ रहेको कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोही खडा गरी व्यक्तिका नाममा दर्ता गराएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनबाट खुल्न आएको छ ।...
साउन ३,
भक्तपुर ।भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ । तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।रासस
साउन ३,
काठमाडौं । परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका छन्। काठमाडौंस्थित त्रिपुरेश्वरको एक भवनको छैटौं तलाबाट हाम फालेर पाण्डेले बिहीबार आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।लमजुङ घर भएका ६७ वर्षीय पाण्डे मुद्दा लागेपछि तनावमा थिए। उनी कानुनी परामर्शका लागि त्रिपुरेश्वरको एक...
एजेन्सी, साउन ३,
काठमाडौं । सबै धर्ममा विवाहलाई एक पवित्र बन्धन मानिन्छ । तर केही वैवाहिक सम्बन्धहरु खासै टिक्न सक्दैनन् र विवाहित जोडीहरुले सम्बन्ध विच्छेदको बाटो रोज्छन् । सम्बन्धविच्छेद हुँदा अदालतले लोग्नेबाट श्रीमतीलाई अंश तथा मानाचामल भराउने फैसला गर्दछ, सामान्यतया । गुजारा भत्ताको रुप्मा केही पैसा पनि पत्नीलाई अदालतले दिलाइदिन्छ तत्कालका लागि ।तर भारतको पञ्जाव तथा हरियाणा उच्च अदालतले निकै...
साउन ३,
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दम्पतीले अंगदानको घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शुक्रवार आयोजित कार्यक्रममा मन्त्री दम्पतीले अंगदानको घोषणा गरेका हुन् । मन्त्री ज्ञवालीसँगै उनकी पत्नी सरस्वती ज्ञवालीले पनि मृत्यु पश्चात अंगदान दिने घोषणा गरेकी छन् ।प्रत्यारोपण केन्द्रमा अंगदाताले सहमति जनाएपश्चात मृत्युपछि मुटु, कलेजो, फोक्सो, किड्नीजस्ता अंग दान दिन मिल्ने व्यवस्था छ । मन्त्री...
साउन ३, २०७६
काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयमा बम बिस्फोट भएको छ । विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार भएको बम विस्फोटमा परी ८ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।स्नातकोत्तर तहको परीक्षाका लागि विद्यार्थीको प्रवेश हुने क्रममा विस्फोट भएको थियो । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ ।अधिकारीहरुले...
साउन ३,
काठमाडौं । भारतको पटनाबाट पाइपलाइनमार्फत डिजेल र पेट्रोल ल्याउन नेपाल तयार भएको छ। पाइपलाइनमार्फत एक हजार किलोलिटर डिजेल अमलेखगञ्ज डिपोमा रहेको ट्यांकीमा जम्मा गरिएको हो। बिहीबार दिउँसो १२ बजे भारतको पटनाबाट पाइपमा पठाइएको तेल २४ घण्टापछि अमलेखगन्जको ट्यांकिमा झरेको हो। शुक्रबार दिउँसो पाइपलाइनमार्फत ल्याइएको डिजेल नेपालको अमलेखगन्ज डिपोमा जम्मा गरिएको आयल निगमका नायब कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी...
साउन ३,
काठमाडौं । फिल्म ‘मारुनी’को दोश्रो गीत सार्वजनिक भएको छ । ‘सक्दिन म बाँच्न’ बोलको गीतमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । फिल्म ‘मारुनी’ मा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुंग, आयुष प्रधान, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ । फिल्ममा समावेश जाम्न माया जाम बोलको गीत रिलिज भैसकेको छ ।गीतको भिडियो हेर्नुस्...
साउन ३,काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह बिहीबार साँझ धनगढीको शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोटमा संलग्नता पुष्टि भएको छ । शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो । विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको पनि स्वीकारिएको छ । घटनामा...










