ताजा हावा खान यात्रुले उडिरहेको विमानको ढोका खोलिदिएपछि…

309

एजेन्सी, साउन ३,
काठमाडौं । चीनको सिचुआन प्रान्तको मियानयाङ एअरपोर्टमा एक अनौठो दृश्य देखियो । त्यो के भने एक चिनिया यात्रुले विमान अवतरण गर्नुपूर्व नै विमानको आकस्मिक ढोका खोलिदिए । जब यसबारे ती यात्रुसँग सोधियो, जवाफमा उनले विमानमा ताजा हावा नमिलेको कारण आकस्मिक द्वार खोलेको बताए ।

मिडिया रिपोर्ट्सका अनुसार उक्त व्यक्तिको ‘सरनेम’ चेन बताइएको छ । चेनको भनाइमा उनलाई निकै गर्मी लागिरहेको थियो । उनलाई लाग्यो कि, झ्याल खुलै छ । तर त्यो आकस्मिक द्वार थियो । यसबारे अनुसन्धानका गर्न चेनलाई १५ दिनका लागि हिरासतमा लिइयो । चीनमा सस्तो हवाइ सेवा दिने ‘लकी एअर’ले आफ्नो एक बयानमा भनेको छ– यो जो घटना भयो, त्यसका लागि यात्रु स्वयं जिम्मेबार हुनेछ । लकी एअरको विमान संख्या ८एल९७२० ले हनिया प्रान्तको सान्यादेखि उडान भरेको थियो भने २ घण्टा ४० मिनेटपछि मियांमा अवतरण भएको थियो ।