जिम्बावे पनि पर्यो आईसीसीको निलम्बनमा

79

एजेन्सी, साउन ३,
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेलाई निलम्बन गरेको छ । जिम्बाबेको क्रिकेट बोर्डमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै आईसीसीले निलम्बन गरेको हो । आईसीसीको बिहिबार लन्डनमा बसेको बोर्ड बैठकले जिम्बावे क्रिकेट बोर्डको निर्वाचन लोकतान्त्रिक नभएको र सरकारको चरम हस्तक्षेप भएको उल्लेख गर्दै जिम्बाबेलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

तत्काल लागू हुने गरी गरिएको निलम्बनसँगै जिम्बावेलाई दिने अनुदान पनि रोक्का गरिएको छ।यस्तै निलम्बन नहटेसम्म जिम्बावेलाई आइसिसीको कुनै पनि प्रतियोगितामा भाग लिन दिइनेछैन। जससँगै जिम्बावेले अक्टोबरमा युएईमा हुने आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिता गुमाउने खतरा बढेको छ।

तीनबर्ष अघि आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि सोही कारण देखाउँदै निलम्बन गरेको थियो । बिहीबार लन्डनमा बसेको आइसिसी बैठकमा नेपालको विषयमा भने केहि निर्णय गरेको छैन। नेपाली क्रिकेटलाई आईसीसीले अन्तर्राष्ट्रिय सहभागिताबाट भने रोकेको छैन । नेपाली क्रिकेट अहिले आईसीसीकै निगरानीमा रहेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ ।