शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न नपाइने

204

भदौं १,
काठमाडौँ । सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
आइतबार छोटो समयको लागि जिल्लाको पक्राउ पुर्जी बदर गर्दै प्रधानन्याधीश जबराको एकल इजलासले सो आदेश दिएको हो । अल्पकालीन आदेश भदौ १५ गतेसम्मलाई तोकिएको छ । केही दिनअघि बहुविवाह मुद्दा दायर भएपछि शिल्पा र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । बचाउको लागि शिल्पा निषेधाज्ञा मुद्दा लिएर उच्च अदालत पाटन पनि पुगेकी थिइन् । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी साउन २९ मा उनी सर्वोच्च पुगेकी थिइन् ।