खरिपाटीदेखि नगरकोटसम्म दर्जनौं घर टहरा वन र सार्वजनीक जग्गामा

260

नयाँ नेपाल न्यूज
भदौं १,
भक्तपुर । देशभर नै सार्वजनीक जग्गा संरक्षणको बहस चलिरहेको छ । त्यसैक्रमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले समेत १० वर्ष अगाडीनै निणर्य भएको नगरकोटमा वन अतिक्रमण गरेर बनाईका संरचना आइतबार हटायो । तर उक्त नगरपालीकाले धेरै स्थानमा रहेका सार्वजनिक जमिन संरक्षण गर्न भने निकै मेहनत गर्नु पर्ने देखिन्छ ।
नेपाली सेनाको खरिकपाटी ब्यारेकदेखि सुरु हुने नगरपालिकाको सीमानाबाट नगरकोटसम्म पुग्दा दर्जनौं घर र टहरा सार्वजनिक जमिनमा बनेका छन् । कतिपयले त पाको घर बनाएर बसेका छन् । तीन पुस्तादेखिनै सार्वजनिक जमिन मिचेर घर बनाउनेको संख्या समेत तेतिकै छ तर नगरकोटमा मात्र भत्काएर न्याय हुदैंन, नगरकोटका एक स्थानीयले भने ।
यदि नगरपालिका र जनप्रतिनिधी साच्चैंनै सार्वजनिक जमिन र वन संरक्षण गर्न तयार हो भने ९ वटामा कति सार्वजनिक जमिन र वन मिचिएको छ, त्यो बाहिर ल्याउनु पर्ने देखिन्छ ।

आइतबार नगरपालिकाले डोजरलगाएर भौतीक संरचना भत्काउदा केही अवरोध गरेका नगरकोटका स्थानीयहरुले गरिबका साना टहरा र घरमात्र होइन धनीहरुले बन मिचेर बनाएका होटल, पार्कीङ्ग र पर्खाल समेत भत्काउनु पर्ने माग राखेका छन् ।
उनीहरुले दुईचार हजार कमाएर जिविका चलाउदै आउनेको बास उखेल्ने तर वन र सार्वजनिक जग्गा मिचर होटल चलाउदैं करोडौं कमाउनेलाई केही नगरेको भन्दै गुनासो पाखेका थिए ।
उता नगरकोटको धेरै होटल क्षेत्र भएको मण्डनदेउपुर नगरपालिकाले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन् । मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर २मा निर्मीत धेरै होटलहरुले सडक मापदण्ड, वन सार्वजनिक जग्गा अतिक्रमण गरेर होटल, पार्कीङ्ग र पर्खाल बनाएका भएपनि जनप्रतिनिधी मौन जस्तै छन् ।