Thursday, July 30, 2026
Home Blog Page 1368
भदौ ५, भक्तपुर। पर्यटकीय क्षेत्र नगरकोट आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्तरूपमा पर्यटन सेवा शुल्क सङ्कलन गरेका छन्। गत वर्ष दुई नगरपालिको फरक–फरक ठाउँमा छुट्टाछुट्टै पर्यटकसँग शुल्क लिँदा व्यवसायीहरुले एकै ठाउँमा आएका पर्यटकले दोहोरो कर तिर्नुपरेको भन्दै विरोध गरेका थिए। विरोधपछि चाँगुनारायण नगरपालिकाले बोलपत्रसमेत रद्द गरी पर्यटन शुल्क उठाउन छाडेको थियो भने...
भदौ ५, भीमफेदी। कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत् काठमाडौँस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाइएको छ ।सानोटार विद्युत्गृहमा अहिले बाँकी रहेको काम र तारहरु जडान गर्नुपर्ने...
भदौ ५, काठमाडौं । राजधानीस्थित बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ। फोर्स मोटर ग्यारेजमा लागेको आगोबाट तीनवटा गाडी र दुईवटा एम्बुलेन्समा क्षति पुगेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएस्पी कृष्ण कुमार चन्दले बताए। आगलागीबाट कुनै मानवीय क्षति नभएको चन्दले बताए। उनले आगो नियन्त्रणमा आइसकेको प्रवक्ता चन्दले बताए।
भदौ ५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकाय व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय अन्तर्गतका क्याम्पसहरुमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष २०७६–७७ को लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाबारे जानकारीका लागि सुचना जारी गरेको छ । शैक्षिक वर्ष २०७६÷०७७ को लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकोले सम्बन्धित सबै सङ्काय, क्याम्पस तथा विद्यार्थीहरूको जानकारीको...
एजेन्सी, भदौ ५, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा रहेका इस्लामिक स्टेटविरुद्ध भारतले लडाईं गर्नुपर्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले अफगानिस्तानमा आतंकवादी संगठनसँगको लडाईंमा भारत, रुस, टर्की, इराक र पाकिस्तानले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।ट्रम्पले गुनासो गर्दै सात हजार माइल टाढा रहेको अमेरिकाले अफगानिस्तानमा आतंकवादीहरूका विरुद्ध कारवाही चलाइरहेको अनि अन्य देशले चाहिँ पटक्कै सहयोग...
एजेन्सी, भदौ ५, मुम्बई । लगातार हिट सिनेमाका कारण सफलता बटुलिरहेका अभिनेता आयुष्मान खुर्रानाले आफ्नो पारिश्रमिक बढाएका छन्। हालै मात्र 'अन्धाधुन' सिनेमाका लागि भारतको राष्ट्रिय पुरस्कार जितेका आयुष्मानले विज्ञापन खेले बापत लिदैं आएको रकममा ३ गुणाले वृद्धि गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।उनले प्रति विज्ञापन १ करोड भारू लिदैं आएको अब ३.५ करोड लिन लागेका छन्। उनले सिनेमाको पारिश्रमिक पनि बढाएका...
एजेन्सी, भदौ ५ काठमाडौं । यी हुन् कालो ओठलाई पुनः सफ्ट र गुलाबी बनाउने केही टिप्स :टुथब्रसको प्रयोग टुथब्रस दाँत सफा गर्ने प्रयोजनमा प्रयोग गरिन्छ । तर, यसलाई कालो ओठ भएमा त्यसबाट मुक्ति पाउन पनि प्रयोग गर्न सकिन्छ । यसका लागि टुथब्रसले बिस्तारै–बिस्तारै ओठ रगड्न सकिन्छ । यसो गर्दा ओठको कालो सफा हुन थाल्छ । तर, बेसरी लामो समयसम्म रगड्दा भने अन्य समस्या आउन सक्छ ।...
भदौ ५, काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक एनसेलले मोबाइल डाटाको मूल्य घटाएको छ । सार्वजनिक सूचना निकाल्दै एनसेलले बुधबारदेखि मोबाइल डाटाको मूल्य घटाएको जानकारी गराएको हो।एनसेलका अनुसार अब एक एमबी डाटाको मूल्य २ रुपैयाँ कायम भएको छ । यसमा कर भने समावेश गरिएको छैन । यसअघि एनसेलले प्रतिएमबी २ रुपैयाँ ७५ पैसा महसुल लिने गरेको थियो ।
भदौ ५, काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग बिहीबार बिहान राष्ट्रपति निवास पुगेर शिष्टाचार भेट गरेका छन् ।नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बुधबार नेपाल आएका हुन् भने बुधबार नै उनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए । आज उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने उनी आजै भारत...
भदौ ५, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय...