यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा, सन्दीप र आसिफ पनि टोलीमा समावेश

161

भदौ ५
काठमाडौं । यू-१९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए ।

यस्तै टोलीमा ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान छन् । यस्तै कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा परेका छन् ।

टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ । स्थानीय टिमसँग केही अभ्यास खेल खेल्नेछ । प्रतियोगिताको पहिलो खेल २० भदौमा घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि बंगलादेश र यूएईसँग खेल्नेछ ।