Sunday, September 27, 2026
Home समाचार करिब ६० हजार घुससहित मालपोत अधिकृत पक्राउ

करिब ६० हजार घुससहित मालपोत अधिकृत पक्राउ

105
सांकेतिक तस्विर

भदौ ४,
काठमाडौं । मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवर घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले उनलाई ५९ हजार घुससहित पक्राउ गरेको हो।

दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले कुँवरलाई सेवाग्राहीसँग ५९ हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ।घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।