उद्योगी थुनेर हाँस र खसीको करले राज्य चल्छ ? : नेता गच्छदार

783

भदौ ४,
काठमाडौं । संसदको अर्थसमितिले दर्जनौँ बैठक गरिसकेको छ । गच्छदार दर्जनौ बैठक बोलाउँदा बिरलै समितिको बैठकमा उपस्थित हुने सदस्यहरूमा कांग्रेस सांसदहरु विजयकुमार गच्छदार र शशांक कोइराला हुन्। गच्छदार आक्कल-झुक्कल समितिकै बठैकमा आए पनि बुधबार पहिलो पटक आफ्नो धारणा राखेका छन्। अर्थमसितिमा छलफलका क्रममा रहेको राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐनको संशोधन विधेयकबारे निजी क्षेत्रसँग गरिएको छलफलमा गच्छदारले पहिलो-पटक समितिमा बोलेका हुन्। उनले अर्थबारेमा कम जानकार भएकाले कमै बोलेको बताएका छन्।

‘अर्थसमिति सदस्य त हूँ, तर अर्थका विषयमा जिरो जानकार भने पनि हुन्छ’, गच्छदारले अगाडि भने ‘पिओर पोलिटिकल मान्छे।’ उनले पृष्ठभूमि धेरै बाँधेर विषयबस्तुमा प्रवेश गरेका थिए। त्यसअघि उनले दुई तीन विषयमा जानकारी गराउन मन लाग्यो भन्दै समय माग गरेका थिए। राजनीति गर्ने क्रममा पञ्च्याती व्यवस्था हटाउन गरेको योगदानको समेत उनले चर्चा गरे ‘पञ्चायतकालीन आन्दोलनको क्रममा वीरगञ्ज र विराटनगरका औद्योगिक करिडोरमा कांग्रेसको तर्फबाट म र कम्युनिषट पार्टीको तर्फबाट सुरेन्द्र पाण्डे हुनुहुन्थ्यो’, उनले भने, ‘हामी निकै समझदार उद्योग र कामदार दुवैका कुरा पनि बुझेका थियौँ।

पञ्च्यात ढालियो तर न उद्योगीले नयाँ रुप पाए न कामदारले।’ उनले आफूले २०४६ को आन्दोलनपछि भएको निर्वाचनमा विराटनगर र वीरगन्ज दुवै औद्योगिक करिडोर क्षेत्रबाट विजयी भएको सासंसद भएको कथा सुनाए। उनले प्रसंग फेरी-फेरी सुराकीको नाममा उद्योग बन्द गर्ने र गल्ती देखाएर उद्योगी थुन्‍ने प्रवृत्तिले पार्ने प्रभावबारे आफूलाई केन्द्रित गराए। अहिले मनपरी कर लगाएर सताइएको उनले बताए। ‘मैले सामान्य अर्थमा राजस्व वृद्धिका लागि कर लगाइने बुझ्छु, जसकf लागि ठूला-ठूला औद्योगिक प्रतिष्ठान, व्यापार व्यवसाय आदिलाई आधार मानिन्छ, अहिले सुनिरहेको छु, खसीमा पनि कर लागाइएको छ रे! हाँसमा पनि कर लगाइन्छ रे!’ छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि परशुराम दाहालले राखेको विषयमा आफ्नो ध्यान केन्द्रित भएका कारणले बोल्न चाहेको उनले बताए। दाहालले सुराकी गर्ने व्यक्तिले दु:ख दिने नियत राखेमा कारवाहीको व्यवस्था गर्नुपर्ने माग गरेका थिए। ‘चेम्बर प्रतिनिधिले सुराकीले गलत सुराकी गरे कारवाही गर्ने भन्‍नुभयो, यहाँ धेरै हाँस्नु भयो, हो सुराकीलाई दण्ड गर्‍यो भने किन सुराकी गर्ला र हा…..हा…..’, गच्छदारले भने।

उनले पोलिटिकल मान्छे भए पनि ठूला उद्योगी व्यवसायी पनि आफ्नोमा गुनासो ल्याएर आउने गरेको सुनाए। सरकारले नै सुकारकी गरेको भन्ने आधारमा ब्रागेनिङ गर्ने गरेको बताए। ‘हामीकँहा स्वास्नी विरामी भए उपचारको लागि पैसा चाहियो भन्‍ने मात्रै होइन, ठूला उद्योगी व्यवसायी पनि आफ्नो गनासो लिएर आउने गर्नु हुन्छ।’ उनले सुराकीका नाममा दुख: दिने र बार्गेनिङ गर्ने काम भएकोले यस विषयमा अर्थसमितिको ध्यानजानु पर्ने बताए। ‘सुराकी जान्छ, कुनै आधारबिना उद्योगमा ताला लगाइन्छ। अनि सुरू हुन्छ अनियमित ढंगले ब्रागेलिङ, तपाईंहरूलाई प्रमाण चाहिए मसँग छन्’ गच्छदारले भने। सुराकीका कारण उद्योग नै बन्द गर्ने गरि ब्रागेनिङ हुने गरेको उनको भनाइ थियो। सुराकीको निवेदनको आधारमा उद्योगमा भएको अनिमितता हेर्नु वा गलत काम रोक्नु स्वभाविक भए पनि सुराकीले गर्ने ब्रागेनिङको सुनुवाइ कहाँ कसले गर्ने भन्ने कुरा पनि निर्क्यौल गर्दै कानुन बोल्नु पर्ने उनको भनाई थियो। उद्योगी व्यवसायीलाई जेल हाल्नु पनि गलत भएको उनको दाबी थियो। आर्थिक कमजोरी गर्नेलाई आर्थिक दण्ड नै दिनुपर्ने उनको भनाई छ। यसै विषयलाई लिएर उनले नेपालको औद्योगिक जग बसाल्ने रामलाल गोल्छाको विषयमा केही जानकारी गराउन खोजे। यस विषयमा उनले पुन सीमित सदस्यहरूको ध्याकर्षण गराए। ‘यहाँ म बोलेको कुरा कितावका पाना पानामा खोजे पनि पाउनु हुने छैन। ध्यानकर्षण गराउन चाहन्छु,’

गच्छदारले भने भने नेपालको औद्योगिक जग बसाल्ने रामलाल गोल्छा नढिया थिए। थाहा छ तपाईंहरूलाई रामलाल गोल्छालाई नढिया भन्‍ने गरिन्थ्यो’ नेपालको ओद्योगिक जग बसालेका रामलाल गोल्छा व्यवसयामा पटक पटक असफल भएर सबै सम्पत्ति सकेर सडकमा झरेका मान्छे भएको चर्चा गर्दै नउले १३ पटकसम्म पनि असफल हुँदा माडे सुमदायले पुँजी बटुलिदिएर व्यवसायमा फर्काएका उल्लेख गरे। उनी औद्योगिक क्षेत्रमा सबैभन्दा ठूलो फड्को मारेर नम्बर वान भएको तर्क गच्छादारले गरे। मारवाडी समुदायले सहयोग गरेकै कारण उनले ठूलो पड्को मारेको भन्दै कर उठाउने ठाउमा सरकारले पनि यस्तै किसिमको प्रोत्साहन आवश्‍यक भएको बताए। उद्योगीलाई कैद सजाय दिँदा वा जेल हाल्दा उद्योग नै बन्द हुने र राज्यलाई कर पनि नआउने भएकोले आर्थिक दण्ड मात्रै दिनु पर्ने उनको भनाई छ। ‘उद्योग बन्द गर्ने उद्योगी जेलमा जाने अनि खसी र हाँसमा उठाएको करले कति पुग्ला’,

गच्छदारले भने, ‘यस विषयमा अर्थसमितिको गम्भीर ध्यानकर्षण हुनुपर्छ।’ गच्छ्दारले ध्याकर्षण गराएको विषयमा छलफलमा सहभागी सरकारका दुवै सचिवले चासो दिँदै मनन गयोग्य भएको बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यकालयका सचिव शिशिरकुमार ढुंगानाले गच्छदारको कुरमा मननयोग्य भएको बताए। यस विषयमा अर्थसचिव बोल्ने भन्दै मुख खोलेनन्। अर्थसचिव राजन खनालले मननयोग्य विषय भएको भन्दै आर्थिक दण्ड मात्रै दिने सवाल गम्भीर छलफलको विषय भएको बताए। विश्‍वभर फरक-फरक व्यवस्था भएको भन्दै संदबाट पास भएर आएने विषयलाई कार्यन्वयन गर्न तयार भएको उनको भनाई थियो। उनले उद्योगीलाई जोगाउने सवालमा पनि सरकारले काम गरेको बताए। ‘गच्छदार ज्यूले लिएको नामका औद्योगिक पुस्ताहरुलाई हामीले पनि केही सहयोग र छुट दिएका छौँ। उद्योग बचाउन हामी पनि लागि परिरहेका छौँ। उहाका पुस्ता अहिले पनि औद्योगिक क्षेत्रमा छन्’, खनालले भने। उद्योगी रामलाल गोल्छाको तेस्रो पुस्ता नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्य शेखर गोल्छाको पुस्ता हो।-Thahakhabar