पाकिस्तानी प्रधानमन्त्री इमरानले भारतलाई कश्मीर बेचेको आरोप

79

एजेन्सी, भदौ ४,
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भारतलाई कश्मीर बेचेको आरोप लागेको छ । पाकिस्तानको संयुक्त बहुदलीय सम्मेलनले इमरान सरकारमाथि अन्तर्राष्ट्रिय षड्यन्त्र अन्तर्गत कश्मीर बेचेको आरोप लगाएको हो । सरकार हटाउनका लागि इस्लामाबाद घेर्ने रणनीति उनीहरूले बनाएका छन् ।

डन पत्रिकामा छापिएको समाचारअनुसार, सम्मेलनका संयोजक तथा जमीयत उलेमा ए इस्लाम एफका प्रमुख मौलाना फजलुर रहमानले सबै विपक्षी दल इस्लामाबाद जाने निर्णय लिएको बताएका छन् । सम्मेलनको बैठकमा ठूला दल पाकिस्तान पीपुल्स पार्टी र पाकिस्तान मुस्लिम लीग–नवाजका नेता पनि उपस्थित थिए ।

संयुक्त संघर्ष समितिले अगस्ट २६ मा मागपत्र लिएर जाने र सम्मेलनको अर्को बैठक अगस्ट २९ मा बस्ने मौलाना फजलले जानकारी दिए । उनले भने, ‘विपक्षीहरूले आज अभियान शुरू गरेको छ र सरकारलाई सत्ताच्युत गराएर मात्र यो अभियान टुंगिनेछ ।’ उनले थपे, ‘कश्मीरका विषयमा निर्णय प्रधानमन्त्री इमरान खानले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटघाटकै क्रममा लिएका हुन् भन्ने अहिलेको परिस्थितिले देखाउँछ । भारतले कश्मीरका विषयमा कुनै कदम चालेमा

पाकिस्तान चुप रहने सहमति गरिएको हुनुपर्छ । पाकिस्तानका मानिस र कश्मीरीहरू अन्तर्राष्ट्रिय षड्यन्त्रको शिकार बनेका छन् । सरकार यसमा जिम्मेवार छ । शासकहरूले कश्मीरीहरूको पिठ्युँमा छुरा धसेका छन् ।’