असोज १०,
भक्तपुर । भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको जमिन अब ट्रष्ट आफैंले संरक्षण गर्ने भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १ मा रहेको १०८ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा नगरपालिकाले केही समय अगाडी पर्खाल लगाएको थियो ।
शुक्रबार ट्रष्टका अध्यक्ष तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्व सरकोरवालाहरु बीच भएको छलफलमा उक्त कुरा भएको हो । तत्कालिन स्वर्गीय...
असोज १०,
भक्तपुर । राउटे समुदायले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेसंग उनीहरुले दशैंका लागि ४६ वटा खसी माग गरेका हुन् । राउटे समुदायका प्रकाश शाहीको नेतृत्वमा रहेको ४ जनाको टोलीले उपप्रधान तथा रक्षामन्त्रीलाई भने ‘हामी ४६ घरका लागि ४६ वटा खसी दैलेख लगिदिनु प¥यो ।’
राउटे समुदायले बनाएका काठबाट निर्माण गरेको हस्तकलाको सामाग्री बिक्रि गर्नका लागि उनीहरु भक्तपुरमा आएका थिए ।...
असोज १०,
नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्रका सहायक हवल्दार घुसको रकमसहित पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल वेश क्याम्प सेमरीमा कार्यरत ज्ञानेन्द्र मौर्य ७ हजार घुस रकमसहित पक्राउ परेका हुन्। मौर्यलाई शुक्रबार दिउँसो २:१५ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो। प्रतापुर गाउँपालिका(२ मा रहेको किराना पसमा घुस लिँदै गर्दा उनी पक्राउ परेका थिए।...
अर्थ
सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको बेला ६.३ प्रतिशतको आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण
असोज १०,काठमाडौं । एसियली विकास बैंकले चालु आर्थिक वर्षमा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बेला बैंकले शुक्रबार सार्वजनिक गरेको इकनोमिक अपडेटअनुसार चालु आर्थिक वर्षमा ६.३ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको हो। बैंकले ६.३ प्रतिशतकव आर्थि वृद्धि पनि राम्रो भएको बताएको छ। ५ प्रतिशत भन्दा...
असोज १०,
सप्तरी । समाजवादी पार्टी सप्तरीका नेताहरुबीच कुटाकुट भएको छ । पार्टीले बिहीबार राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुबीच कुटाकुट भएको बताइएको छ । दशैंको अवसरमा स्थानीय साह धर्मशालामा आयोजना गरिएको कार्यक्रमपछि मदिरा पिएका नेताहरुबीच झगडा भएको बताइएको छ ।बोल्ने जति सबैलाई जिल्ला इन्चार्ज सत्यनारायण यादवले चुप लगाउने गरेको र त्यही क्रममा जिल्ला नेता लक्ष्मण यादवसँग भनाभन...
असोज १०,
पोखरा । गण्डकी प्रदेश सरकारले आउँदो घटस्थापनामा सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको छ ।प्रदेश सरकारका अनुसार विभिन्न क्षेत्रबाट बिदाको माग आएकाले घटस्थापना (आउँदो १२) गते बिदा दिने भएको हो । प्रदेश सरकारले वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउँछ । प्रदेश सरकारले पाउने बिदामध्येबाट उक्त...
असोज १०,
काठमाडौँ । कृषि विकास बैङ्कको रकम चोरी प्रकरणमा संलग्न थप ३ जना पक्राउ परेका छन् । प्रहरीले मालतीदेवी न्यौपाने भट्राई, गणेश बस्याल र यज्ञराज भट्टलाई शुक्रबार पक्राउ गरेको हो ।म न्यौपाने र बस्याललाई पर्वतबाट २४ लाख रकमसहित र भट्टलाई महेन्द्रनगरबाट ४५ लाख रुपैयाँसहित पक्राउ गरेको हानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाजे जानकारी गराएका छन्...
असोज १०,
काठमाडौँ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा उहाँले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै सबैलाई न्यायपूर्ण समाज निर्माण गर्न शुभकामना दिनुभयो ।उहाँले भन्नुभयो, “नेपाल बहुजाति, बहुधार्मिक मुलुक हो, यसको विकास, समृद्धि र न्यायपूर्ण...
असोज १०,
काठमाडौं । सरकारले पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व तिरेको बुद्ध एयरलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५ ७६ मा पर्यटन व्यवसायमा संग्लन निकाय तथा कम्पनीको पुरस्कार बुद्ध एयरले प्राप्त गर्न सफल भएको हो । ४०औं विश्व पर्यटन दिवसको अवसरमा गणतन्त्र पार्कमा भएको कार्यक्रममा सरकारले बुद्ध एयरलाई समान गरेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले गत आ।व।मा...
असोज १०,
काठमाडौं । ‘मन बिनाको धन ठूलो २’ गीत सार्वजनिक भएको छ । टंक र अशोकको ‘मन बिनाको धन ठूलो’ गीत सुपर हिट भएको थियो । यसको दोस्रो पार्टमा पनि टंक, अशोक र एआरकै स्वर रहेको छ । गीतमा टंक बुढाथोकीसँगै अशोक दर्जी, एआर बुढाथोकी, एलिशा श्रेष्ठ, रुविशा श्रेष्ठ, सान्त प्रसाद श्रेष्ठ लगायत कलाकार फिर्चड छन् । शंकर आर्चायको...










