असोज १०,
भक्तपुर । राउटे समुदायले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेसंग उनीहरुले दशैंका लागि ४६ वटा खसी माग गरेका हुन् । राउटे समुदायका प्रकाश शाहीको नेतृत्वमा रहेको ४ जनाको टोलीले उपप्रधान तथा रक्षामन्त्रीलाई भने ‘हामी ४६ घरका लागि ४६ वटा खसी दैलेख लगिदिनु प¥यो ।’
राउटे समुदायले बनाएका काठबाट निर्माण गरेको हस्तकलाको सामाग्री बिक्रि गर्नका लागि उनीहरु भक्तपुरमा आएका थिए । प्रकाश शाही, शिवराज शाही, दीपक शाही र कलम शाहीको टोलीले उपप्रधान तथा रक्षामन्त्रीलाई भेटका थिए ।
‘सरकार दशैँका लागि खसी देउ’ राउटेले यसरी मागे
‘सरकार दशैँका लागि खसी देउ’ राउटेले यसरी मागे
Publiée par नयाँ नेपाल न्युज sur Vendredi 27 septembre 2019
सो अवसरमा मन्त्री पोखरेलले ३ हजार ५सय रुपैयाँको सन्दुक समेत राउटेहरुसंग खरिद गरेका छन् । उनीहरु चारै जनालाई मन्त्री पोखरेलले उपहार स्वरुप एक/एक थान कपडा प्रदान गरेका छन् । सो अवसरमा सांसद महेश बस्नेत, प्रदेश सांसद शसिजंग थापा, सरस्वती बाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवँर, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालगायतको उपस्थिती रहेको थियो । राउटे युवाहरुको मागबारेमा उक्त कार्यक्रममा पोखरेलले कुनै प्रतिवद्धता जनाएनन् ।