आउँदो १२ गते सार्वजनिक बिदा

139

असोज १०,
पोखरा । गण्डकी प्रदेश सरकारले आउँदो घटस्थापनामा सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारका अनुसार विभिन्न क्षेत्रबाट बिदाको माग आएकाले घटस्थापना (आउँदो १२) गते बिदा दिने भएको हो । प्रदेश सरकारले वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउँछ । प्रदेश सरकारले पाउने बिदामध्येबाट उक्त बिदा दिइएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।