असोज ११,
भक्तपुर । अनमोल बचत तथा ऋण सहकारी संस्था सूर्यविनायकको शनिबार दशौं वाषिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन सूर्यबिनायक नगरपालिकाको नगर प्रमुख बासुदेव थापाले गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले अर्थतन्त्रको तीन खम्बामध्ये एक रहेको सहकारी खम्बालाई दिगो र मजवुद बनाई राख्न जरुरी रहेको बताउँदै बैंक तथा वित्तिय संस्थाहरु समेत पुग्न नसकेको गाउँ तथा...
असोज ११,
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को शनिबार हुने निर्वाचनमा ६ जना निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चार जनाको लागि आठ जनाको उम्मेदवारी परेको छ। अध्यक्ष, उपाध्यक्ष, सचिब र कोशाध्यक्ष गरी एक/एक पदमा दुई/दुई जनाको उम्मेदवारी परेको हो। निर्विरोध हुनेमा महिला सदस्यमा एक जनाको मात्र उम्मेदवारी परेकाले जयन्ती भट्ट निर्विरोध भएकी हुन्। यसैगरी प्रदेश २ बाट...
असोज ११,
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन्। नौबिसे नागढुङ्गा खण्डको जाममा परेर बिरामीको मृत्यु भएका समाचार सार्वजनिक भएपछि शनिबार बिहान ट्वीटरमार्फत् अध्यक्ष थापाले ‘गैरजिम्मेवार र निकम्मालाई कारबाही गर्नसक्ने क्षमता प्रधानमन्त्रीले गुमाइसकेको हो ?’ भन्दै प्रश्नसमेत गर्नुभएको छ । थापाले यसलाई सरकारको उदासिनता, अकर्मण्यता र असफलताको ज्वलन्त...
असोज ११,
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्धअन्तर्गत आज अन्तिम दिन पशुपतिमा श्राद्ध गर्नेहरुको भिड थियो। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो। सक्नेले पितृ पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ। नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि...
असोज ११,
अमेरिकाको टेक्सासमा भारतीयमूलका डेपुटी प्रहरी अधिकारी शिखसेरिफ सन्दीपको हत्या भएको छ। टेक्सासको ह्यारिस काउन्टीका भारतीय मूलका धालिवाललाई गोली हानी हत्या गरिएको हो। प्रहरी अधिकृत धारिवालले शुक्रबार दिउँसो १२.ं४५ बजे सवारी नियम उलंघन गर्ने एक कारलाई रोकेका थिए। ड्राइभरसिटको ढोका खुल्ला रहेको कारको त्यो ढोका लगाइदिएर उनी आफ्नो प्याट्रोलिङ गाडीमा फर्कदै गर्दा घटना घटेको हो।...
असोज ११,
काठमाडौं । देशका अधिकासं स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौमस पुर्वानुमान महाशाखाले जनाएको छ। पूर्व, मध्य र पश्चिमका केहि स्थानमा भारी बर्षासमेत हुने महाशाखाकी मौसमवीद् विभूती पोखरेलले जानकारी दिए। भारी बर्षासँगै पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी आउन सक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ। बिशेषगरी पूर्वी क्षेत्रमा दिउँसो भारी...
असोज ११,
भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले देशलाई समृद्ध बनाउन खेलको विकास जरुरी रहेको बताएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, मध्यपुर थिमिले आयोजना गरेको ३ नम्बर प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले युवावर्गलाई खेलमा लगाउन खेल क्षेत्रको विकाशका लागि यो वर्षदेखि सूर्यविनायक नगरपालिकाले रु ५० लाख बजेट छुट्याएको जानकारी...
अन्नपूर्ण पोष्ट
असोज ११, काठमाडौं । विपक्षी कांग्रेसले छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजकको जिम्मेवारी पाएको छ । ३३ देशका संसद्सँग सहकार्य गर्न संसद्ले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद समेटेर मैत्री समूह गठन गरेको हो । अधिकांश मैत्री समूहका संयोजकमा शीर्ष नेताहरू नै छन् ।
दलीय भागवण्डाअनुसार सत्तासीन नेकपा २१, विपक्षी कांग्रेस ६, सत्तासीन समाजवादी पार्टी ३ र राजपाले ३ देशको...
असोज ११,काठमाडौं । पार्टी एकीकरण गरेको झण्डै दुई वर्षपछि नेपाली काँग्रेसमा नेपाल लोकतान्त्रिक फोरम पार्टीका ११ जना नेताहरुले कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रवेश पाएका छन्। उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित पाँच सदस्यीय समायोजन समितिले तयार पारेको प्रतिवेदन अनुसार उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकका तर्फबाट काँग्रेस केन्द्रीय कार्यसमितिमा ११ जना सदस्य मनोनित भएका हुन् ।शुक्रबार साँझ पार्टी कार्यालय सानेपमा...
असोज १०,काठमाडौं । भारत–पाकिस्तान विवाद दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को विदेशमन्त्री स्तरीय बैठकमा समेत देखिएको छ। पछिल्लो समय कश्मीर विवादलाई लिएर बढ्दो तनाव सार्क राष्टको मन्त्रीस्तरीय बैठकमा पनि देखिएको हो। न्यूयोर्कमा बिहीबार बेलुका भएको बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीहरु सँगै सहभागी भएनन् । पाकिस्तानी विदेशमन्त्री बैठकबाट बारिएपछि मात्रै भारतीय विदेशमन्त्री बैठकमा प्रवेश गरेका थिए । यस्तो व्यवहारले भारत–पाकिस्तानको...










