Saturday, October 24, 2026
Home अर्थ सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको बेला ६.३ प्रतिशतको आर्थिक...

सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको बेला ६.३ प्रतिशतको आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण

172

असोज १०,

काठमाडौं । एसियली विकास बैंकले चालु आर्थिक वर्षमा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बेला बैंकले शुक्रबार सार्वजनिक गरेको इकनोमिक अपडेटअनुसार चालु आर्थिक वर्षमा ६.३ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको हो। बैंकले ६.३ प्रतिशतकव आर्थि वृद्धि पनि राम्रो भएको बताएको छ। ५ प्रतिशत भन्दा माथिकव वृद्धिदरलाई राम्रो भन्ने गरिन्छ। नेपालले लगातार तीन आर्थिक वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गरेको छ। बाढी पहिरोका कारण धान बालीमा क्षति पुगेकाले कृषि क्षेत्रको वृद्धिदर सुस्त हने जनाएको छ। उद्योग क्षेत्रको ७.९ र सेवा क्षेत्रको ६.९ प्रतिशतको वृद्धिदर हुने अनुमान गरिएको छ। विजुली आपूर्तिमा हुने सुधारले पूर्वाधार क्षेत्रको विकासमा सहयोग पुर्‍याउने बैंकले जनाएको छ। सार्वजनिक खर्चको सही परिचालन, संघीय इकाहरुको खर्च सुधार तथा निजी क्षेत्रमा भएको लगानी विस्तारले अर्थतन्त्र अझै विस्तार हुसक्ने बैंकको प्रक्षेपण छ।