पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व तिर्ने बुद्ध एयर सम्मानित

355
सांकेतिक तस्विर

असोज १०,
काठमाडौं । सरकारले पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व तिरेको बुद्ध एयरलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५ ७६ मा पर्यटन व्यवसायमा संग्लन निकाय तथा कम्पनीको पुरस्कार बुद्ध एयरले प्राप्त गर्न सफल भएको हो । ४०औं विश्व पर्यटन दिवसको अवसरमा गणतन्त्र पार्कमा भएको कार्यक्रममा सरकारले बुद्ध एयरलाई समान गरेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले गत आ।व।मा कुल ५८ करोड ६७ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ राजस्व बुझाएको थियो ।

साथै बुद्ध एयरले एकै दिन सबैभन्दा धेरै यात्रुलाई सेवा दिएर आफ्नै रेकर्ड तोडेको छ । बुद्धले एकै दिन ५५ सय ९२ यात्रुलाई सेवा दिएर आफ्नै रेकर्ड तोडेको हो । यही असोज ९ गते देशभरका ५५ सय ९२ यात्रुलाई सेवा दिने अवसर पाएको बुद्ध एयरलाईन्सले जनाएको छ ।