मंसिर ४,
काठमाडौं । आधुनिक गीत अंगालोमा सार्वजनिक भएको छ । गायक बुद्ध पतुवार र गायिका मिना मान्धनरको स्वर भएको गीतमा शब्द संगीत गायक स्वयम् पतुवारको नै रहेको छ । गीतको म्युजिक भिडियोमा कलाकार दिनेश घोरासैनी र लक्ष्मी पहाडीको अभिनय रहेको छ । बिनु मान्धरको निर्देशन र गीतको म्युजिक भिडियोमा र्इश्वर बाबूको छायाँकन रहेको छ ।https://www.youtube.com/watch?v=2gAze7l78t4&feature=share&fbclid=IwAR01e-UWKX1qb7bxcniwv9NZH6UgUuHxu8iCJpbCeQj_wvf_KGf-J_migao
मंसिर ३,
डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका छन्। २२ वर्षीया बुहारी बलात्कारको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका हुन्। सोमबार साझ उनले बुहारी नाता पर्ने २२ वर्षीया महिलामाथि कोठमा नै गएर बलात्कार गरेका उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जबरजस्ती करणी गरेको उजुरीपछि सोमबार राति नै ती पुरुषलाई पक्राउ गरिएको जिल्ला...
मंसिर ३,
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माओवादी जनतालाई बन्दुक बोकाउँदा नेपाली कांग्रेसले जनताको हातमा पासपोर्ट थमाएको बताएका छन्। मंगलबार सानेपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी शर्माले नेपाली कांग्रेसलाई जनताको हातमा पासपोर्ट थमाउने पार्टीका रुपमा ब्याख्या गरेका हुन्। 'माओवादीले जनयुद्धका नाममा हजारौँ युवाहरूलाई बन्दुक थमाउँदै गर्दा कांग्रेसले ती युवालाई पासपोर्ट थमाएर विदेश पठायो, कुनै...
मंसिर ३,
काठमाडौँ । काठमाडौंमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको भेलाले विभिन्न सात बुँदे राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय प्रस्तावहरु पास गरेको छ । भारतले नेपालका विभिन्न क्षेत्रमा गरिरहेको सीमा अतिक्रमणको घोर विरोध गर्दै, कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता लगायतका अतिक्रमित भुभाग अविलम्ब फिर्ता गर्न र अतिक्रमित क्षेत्रबाट भारतीय सेना हटाउन युवा संघले माग गरेको छ ।...
मंसिर ३,
काठमाडौं – सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ । यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अहिले सडकमा रहेका ट्याक्सी पुराना रहेकाले तिनलाई हटाउँदै नयाँ र सुविधायुक्त ट्याक्सी ल्याउनुपर्ने उनले...
मंसिर २,
भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई मातृशोक परेको छ । भँडेलकी आमा सेतीमायाको उपचारकै क्रममा आइतबार बिहान मध्यपुर अस्पतालमा निधन भएको थियो । भँडेलले आफुलाई मातृशोकमा परेकाले मतदाताको घरदैलोमा उपस्थिती हुन् नसकेको भन्दै क्षमा मागेका छन् ।
उनले पठाएको पत्र हेरौं
मंसिर २,
काठमाडौं । अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । करिब ५ वर्ष अगाडी रेश्मा कटुवालसँग बैवाहिक बन्धनमा बाँधिएका दम्पतीको पहिलो सन्ताको रुपमा छोरीले जन्म लिएकी छिन् । उनीहरुको छोरीले मंसिर २ गते सोमबार बिहान ६ बजेर ४२ मिनेटमा बल्खुस्थित बयोदा अस्पतालमा जन्म लिएकी हुन् । उनले छोरी जन्मेको खुशी साट्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनी हाम्रो...
मंसिर १,
-केके मानन्धर
नेवाः पत्रकार राष्ट्रिय दबूको तेस्रो राष्ट्रिय महाधिवेशनले सुरजवीर बज्राचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत छनोट गरेको छ । देशभरका नेवार पत्रकारहरुको साझा संगठन दबूमा उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, रचना श्रेष्ठ र संदिप श्रेष्ठ छानिए । उपाध्यक्षको लागि वरियताक्रममा नृपेन्द्रलाल श्रेष्ठलाई सबसे अगाडि राख्ने भद्र सहमति गरिएको हो । महासचिवमा सुनिल महर्जन, सचिवमा केके मानन्धर, कोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, सह–सचिवमा राजु...
मंसिर १,काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको छ । त्यसक्रममा आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको स्रोतले बताएको छ ।‘सम्पत्ति शुद्धीकरणमा मेडिकल कलेजमाथि अनुसन्धान थालिएको...
मंसिर १,
काठमाडौं । सामाजिक सञ्जालमा नायिका पुजा शर्माले पुर्वराजा ज्ञानेन्द्र शाह र बुहारी हिमानी राज्यलक्ष्मी शाहसँग खिचेको फोटो भाइरल भैरहेको छ । पूजाले शनिबार राती पुर्वराजा ज्ञानेन्द्रसँग फोटो र हिमानीसँग सेल्फी खिचेकी थिइन् । पूजाले उक्त तस्बिरहरु सामाजिक सञ्जाल फेसबुक र ईन्स्टामा पोस्ट गरेपछि चर्चा सुरु भएको हो । पूजा शनिबार साँझ आफ्नो साथीको जन्मदिन मनाउन महाराजगञ्जको एक रेस्टुरेन्टमा...










