नायिका पूजा शर्माले पुर्वराजा ज्ञानेन्द्र र हिमानीसँग खिचेको तस्विर हेरौं

294

मंसिर १,
काठमाडौं । सामाजिक सञ्जालमा नायिका पुजा शर्माले पुर्वराजा ज्ञानेन्द्र शाह र बुहारी हिमानी राज्यलक्ष्मी शाहसँग खिचेको फोटो भाइरल भैरहेको छ । पूजाले शनिबार राती पुर्वराजा ज्ञानेन्द्रसँग फोटो र हिमानीसँग सेल्फी खिचेकी थिइन् । पूजाले उक्त तस्बिरहरु सामाजिक सञ्जाल फेसबुक र ईन्स्टामा पोस्ट गरेपछि चर्चा सुरु भएको हो । पूजा शनिबार साँझ आफ्नो साथीको जन्मदिन मनाउन महाराजगञ्जको एक रेस्टुरेन्टमा पुगेकी थिइन् । सोही रेष्टुरेन्टमा पुर्वराजा ज्ञानेन्द्र शाह र पुर्व युवराज्ञी हिमानी पनि पुगेका थिए । एउटै रेष्टुरेन्टमा पुर्व राजा र पुर्व युवराज्ञी भेटेपछि पूजाले फोटो तथा सेल्फी खिचिन् र आइतबार बिहान सामाजिक सञ्जालमा सेयर गरिन् । ‘ज्ञानेन्द्र विर विक्रम शाह देवले २००१ देखि २००८ सम्म अन्तिम राजाको रुपमा शासन गरे । उनी नेपालको अन्तिम हिन्दु राजा भनेर पनि चिनिन्छन् । हामी तपाईलाई धेरै सम्झन्छौं’ पूजाले फोटोमा क्याप्सन लेखेकी छिन् । पुर्वराजा र पुर्वयुवराज्ञीसँग आफ्नो केही समय भलाकुसारी समेत भएको पूजाले बताइन् ।