‘माओवादीले बन्दुक बोकाउँदा कांग्रेसले जनताको हातमा पासपोर्ट थमायो ‘

220

मंसिर ३,
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माओवादी जनतालाई बन्दुक बोकाउँदा नेपाली कांग्रेसले जनताको हातमा पासपोर्ट थमाएको बताएका छन्। मंगलबार सानेपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी शर्माले नेपाली कांग्रेसलाई जनताको हातमा पासपोर्ट थमाउने पार्टीका रुपमा ब्याख्या गरेका हुन्। ‘माओवादीले जनयुद्धका नाममा हजारौँ युवाहरूलाई बन्दुक थमाउँदै गर्दा कांग्रेसले ती युवालाई पासपोर्ट थमाएर विदेश पठायो, कुनै गल्ती गरेन, उनले भने,

बिपी कोइराला गम्भीर बिरामी भएर विदेश जान खोज्दा शासकहरूले पासपोर्ट दिएका थिएनन्। तर कांग्रेले हजारौँ युवाहरूको हातमा पासपोर्ट थमाएर साउदी, कतार, मलेसिया पठायो। आज तिनै युवाले पठाएको रेमिट्यान्सले यो मुलुक चलेको छ। नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा भए पनि कांग्रेस रहेसम्म पूरा हुन नदिने प्रवक्ता शर्माले बताए। ुअधिनायकवादी आकांक्षा त छ तर नेपालमा कांग्रेस पार्टी पनि छ,उनले भने, कांग्रेस रहेसम्म लोकतन्त्र खतरामा पर्दैन। शर्माले सरकार बनेको २१ महिनामा पुरै असफल भएको पनि दाबी गरे। ‘यो सरकार बनेको २१ महिनामा २१ प्रतिनिधिमूलक घटना र तथ्यमा सरकार असफल भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने। उपनिर्वाचन जितेर सरकार फेरबदल नहुने उनको भनाइ थियो। तर, सरकारले जे गरिराखेको छ, त्यो गलत छ भनेर सच्याउन सन्देश दिनु जरूरी रहेको उनले प्रष्ट पारे ।

शर्माले सरकार असफल हुनुमा राष्ट्रियतादेखि सुरक्षाका कारण रहेको बताए। ‘भारतले नक्सामा नेपालका भूमि समावेश गरेको यतिका दिन हुँदा भारतसँग कुनै संवाद सुरू भएन,’ उनले भने, ‘मिडिया खपतका लागि मात्रै प्रधानमन्त्रीले बोलेको सुनेका छौं।’ काठमाडौंमा युवा संघले गरेको एकता भेलामा आइतबार प्रधानमन्त्री ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए। सरकारले संविधान संशोधन गरी संविधानप्रतिको दायरा विस्तार गर्न नसकेको पनि उनले आरोप लगाए।