अभिनेता कार्कीलाई पुत्री लाभ

170

मंसिर २,
काठमाडौं । अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । करिब ५ वर्ष अगाडी रेश्मा कटुवालसँग बैवाहिक बन्धनमा बाँधिएका दम्पतीको पहिलो सन्ताको रुपमा छोरीले जन्म लिएकी छिन् । उनीहरुको छोरीले मंसिर २ गते सोमबार बिहान ६ बजेर ४२ मिनेटमा बल्खुस्थित बयोदा अस्पतालमा जन्म लिएकी हुन् । उनले छोरी जन्मेको खुशी साट्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनी हाम्रो प्रेम र बन्धनको पहिलो उत्पादन हो । हामी आमाबुबा हुन पाएकोमा खुशी छौं । हामीलाई विश्वास छ कि उनी सुन्दर रमनमोहक महिला हुनेछिन् । हाम्रो प्यारी छोरीलाई स्वागत छ ।’