Sunday, August 2, 2026
Home Blog Page 1192
फागुन ७, काठमाडौँ । वाइडबडी प्रकरणमा संसदको सार्वजनिक लेखा समितिबाट कारबाही सिफारिस भएका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले फेरि पनि नेपाल वायुसेवा निगमको महाप्रबन्धक ९जीएम० बन्न लबिङ सुरु गरेका छन् । कार्यकारी अध्यक्षबाट मदन खरेलले राजीनामा दिएपछि पूर्वमहाप्रबन्धक कंसाकारले फेरि पनि नेपाल वायुसेवा निगमको बागडोर सम्हाल्नका लागि शक्तिकेन्द्र धाउन थालेको स्रोतले बताएको छ ।एयरबस कम्पनीको दुईवटा वाइडबडी विमान खरिद...
फागुन ७, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मघर पुगेर मनाउने भएका छन् । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–२ इवापोखरीको पुर्ख्यौली घरपुगेर उनले जन्मदिन मनाउने भएका हुन् । प्रधानमन्त्री ओलीको ६९औं जन्मदिन ११ फागुनमा पर्छ । सो दिन पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्य, भाइ र बहिनीहरुसहित जन्मघर इवा जाने पारिवारिक स्रोतले जनायो ।११ फागुन, २००८ मा जन्मिएका...
फागुन ७, बीबीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङको समस्याग्रस्त विमान ७३७ म्याक्सको नयाँ विमानको तेल ट्याङ्कीमा फोहरका टुक्रा भेटिएपछि सुरक्षा जोखिमको प्रश्न पुनः उठेको छ। वायुसेवा कम्पनीहरूलाई दिन राखिएका केही नयाँ विमानहरूमा त्यस्तो फोहर भेटिएको हो। बोइङको ७३७ परियोजनाका प्रमुखले आफ्ना कर्मचारीलाई यस्तो कार्य बिल्कुलै अस्वीकार्य रहेको बताएका छन्। बोइङका एक प्रवक्ताले यसकारणले संसारभर उड्न प्रतिबन्ध लागेको सो...
फागुन ७, मुम्बई । कबीर खानको निर्देशन रहेको फिल्म ‘८३’ लगातार चर्चामा रहन सफल छ । फिल्मको केही समाचार बाहिर आउने बितिकै फिल्मको पनि चर्चा सुरु हुन्छ । १९८३ मा भारतीय टिमले क्रिकेट वल्र्डकप जितेको बिषय फिल्मको कथा बनाइएको छ । फिल्ममा अभिनेता रणवीर सिंहले क्रिकेटका पुर्व कप्तान कपिल देवको भूमिका निर्वाह गरेका छन् । फिल्ममा दीपिका पादुकोण पनि मुख्य...
फागुन ७, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर २ निवासी रामनारायण यादवको निधन भयो । मंगलबार नेपाली कांग्रेसका कृयाशील सदस्यसमेत रहेका यादवको निधन भएपछि उनको पार्थिव शरीरलाई पुरुषले काँधमा बोकेनन् । महिलाले नै बोके । मृत्युको यो घटना आफैंमा दुःख त हो नै, तर, महिला सशक्तिकरणको एउटा दरिलो उदाहरण पनि बन्न पुग्यो ।पाँच छोरीका पिता रामनारयणको निधनपछि गाउँमा...
फागुन ७, भक्तपुर । नागरिक समाज र सञ्चार जगतसंग हातेमालो नगरी अगाडि बढे सरकारले अघि सारेका विकासका अवधारणाहरु पुरा नहुने सरोकारवालाहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरको आयोजनामा फागुन ६ गते आयोजित ‘विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचको सहकार्य विषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताउनु भएको हो । कार्यक्रममा सहभागी नागरिक समाजका अगुवा र...
फागुन ६, बीबीसी । चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन् जसमा ७०,००० भन्दा बढी कोभिड-१९ सङ्क्रमणका विवरणहरू समेटिएका छन्। चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको हो। उक्त अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको सङ्केत गर्छ। मङ्गलवार...
फागुन ६, काठमाडौं । चल्ला र दानाको मूल्य बढाउने उद्योगीको कदमले साना किसानहरु मारमा परेको राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिका अध्यक्ष बिष्णु खड्काले बताए । चल्ला र दाना उत्पादक उद्योगले मनोमानी गर्दा पनि सरकारी निकायले कारवाही नगरेको भन्दै किसानहरुले विभागका महानिर्देशक सामु आक्रोश व्यक्त गरे ।गत माघ महिनामा मासुको मूल्य किलोमा १९० रुपैयाँसम्म बढ्यो । पुसमा ह्याचरी उद्योगहरुले...
फागुन ६, भक्तपुर । चीन बाट नेपाल सरकारले उद्धार गरेर ल्याएका नेपालीहरुलाई खरिपाटीमा क्वारेन्टाइनका लागि राखिएको आज तीन दिन भयो ।चाँगुनारायण नगरपालिका वडा नम्बर ७, खरिपाटी, बासँबारी टोल त्यहाँ वरपरको वातावरण शान्त र अन्तराष्ट्रिय क्वारेन्टाइन मापदण्ड अनुसारको छ । उक्त क्वारेन्टाइनमा चिकित्सक टोलीका प्रमुख नेपाली सेनाका मेजर डाक्टर नविन फुयाँल रहेका छन् ।चिकित्सक टोलीका प्रमुख डाक्टर फुयाँलका अनुसार १ सय...
फागुन ५, काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । ‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा सामान्य गिरावट आएको छ । स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोल/डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएका छौ,’ निगमका...