नयाँ फिल्ममा रणवीर र दीपिका यस्तो लुक्स

316

फागुन ७,
मुम्बई । कबीर खानको निर्देशन रहेको फिल्म ‘८३’ लगातार चर्चामा रहन सफल छ । फिल्मको केही समाचार बाहिर आउने बितिकै फिल्मको पनि चर्चा सुरु हुन्छ । १९८३ मा भारतीय टिमले क्रिकेट वल्र्डकप जितेको बिषय फिल्मको कथा बनाइएको छ । फिल्ममा अभिनेता रणवीर सिंहले क्रिकेटका पुर्व कप्तान कपिल देवको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा दीपिका पादुकोण पनि मुख्य भूमिकामा छिन् । उनले कपिल देवकी पत्नी रोमी देवीको भूमिका निर्वाह गरेकी छन् । फिल्मको धेरै कलाकारको लुक्स सार्वजनिक भइसकेको छ । अहिले भने दीपिका पादुकोणको लुक्स सार्वजनिक भएको छ । जुन लुक्स बाहिर आउने बितिकै भाइरल भएको छ ।

फष्टलुकमा दीपिका हँुबहूँ रोमी देवी जस्तो देखिएकी छन् । फष्टलुकमा दीपिकाको साथ रणवीर समेत देखिएका छन् । रणवीर र दीपिकाको, कपिल र रोमी लुक्स निकै आकर्षक समेत छ । फिल्ममा रणवीरको साथ बोमन इरानी, साकिब सलिम, आदिनाथ कोठारे, आर बन्द्री, चिराग पाटिल लगायत कलाकारको समेत अभिनय रहेको छ । १० अप्रिलबाट फिल्म सार्वजनिक हुँदैछ ।