उजुरी अख्तियारमा अनुसन्धानकै क्रममा, कंसाकारको जीएम बन्ने दाउ

196

फागुन ७,
काठमाडौँ । वाइडबडी प्रकरणमा संसदको सार्वजनिक लेखा समितिबाट कारबाही सिफारिस भएका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले फेरि पनि नेपाल वायुसेवा निगमको महाप्रबन्धक ९जीएम० बन्न लबिङ सुरु गरेका छन् । कार्यकारी अध्यक्षबाट मदन खरेलले राजीनामा दिएपछि पूर्वमहाप्रबन्धक कंसाकारले फेरि पनि नेपाल वायुसेवा निगमको बागडोर सम्हाल्नका लागि शक्तिकेन्द्र धाउन थालेको स्रोतले बताएको छ ।

एयरबस कम्पनीको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको र त्यसको मुख्य दोषी नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक कंसाकार रहेको भन्दै उनलाई कारबाही गर्न सार्वजनिक लेखा समितिले सरकार र अख्तियारलाई निर्देशनसमेत दिएको थियो । सार्वजनिक लेखा समितिले २०७५ पुस ३० गते छानबिनको प्रतिवेदन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको र त्यसको मुख्य दोषी महाप्रबन्धक सुगतरत्न कंसाकार रहेको भन्दै कारबाही गर्न निर्देशनसमेत दिएको थियो ।