नयाँ विमानका तेल ट्याङ्कीमा फोहरका टुक्रा भेटियो

88

फागुन ७,
बीबीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङको समस्याग्रस्त विमान ७३७ म्याक्सको नयाँ विमानको तेल ट्याङ्कीमा फोहरका टुक्रा भेटिएपछि सुरक्षा जोखिमको प्रश्न पुनः उठेको छ। वायुसेवा कम्पनीहरूलाई दिन राखिएका केही नयाँ विमानहरूमा त्यस्तो फोहर भेटिएको हो। बोइङको ७३७ परियोजनाका प्रमुखले आफ्ना कर्मचारीलाई यस्तो कार्य बिल्कुलै अस्वीकार्य रहेको बताएका छन्। बोइङका एक प्रवक्ताले यसकारणले संसारभर उड्न प्रतिबन्ध लागेको सो विमान सेवामा आउन ढिला नहुने बताएका छन्।

बोइङका दुई ७३७ म्याक्स विमान दुर्घटनाग्रस्त हुँदा ३४६ जनाको मृत्यु भएपछि सो मोडलका सबै विमान सन् २०१९ को मार्चदेखि ग्राउन्डेड छन्। एक प्रवक्ताले बीबीसीलाई भनेस् मर्मतसम्बन्धी कार्य गर्दा भण्डारमा रहेका केही विमानहरूमा हुनु नपर्ने टुक्राटाक्री भेटिएका हुन्। यसपछि हामीले आन्तरिक अनुसन्धान गरेर विमान निर्माणमा सच्याउनुपर्ने काम गरिसकेका छौँ।