असोज ११,
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ८०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभर भने १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुष गरी...
असोज ११,
बुटवल । पाल्पमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका ३ शिखरडाँडा बस्ने वर्ष ३३ का राजकुमार थापामगरको पहिरोमा पुरिएको अवस्थामा आज शव फेला परेको हो । उनी घरदेखि पश्चिमतर्फ रहेको जंगलमा दाउरा लिन जाँदा पहिरोमा पुरिएर हराएका थिए ।
सोही सूचनाको आधारमा स्थानीय नागरिक, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलद्वारा खोजतलास...
असोज ११,
दमक । शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे) को निधन भएको छ । लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पीडित शेर्माको आज आफ्नै निवासमा निधन भएको हो । पचपन्न वर्षीय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका...
असोज ११,
चितवन । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए । उनले भने, “व्यवसायको...
असोज ११,
तनहुँ । पर्यटकीय नगरी बन्दीपुर पर्यटक स्वागत गर्न तयार रहेको सरोकारवालाले बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइको आयोजनामा आज आयोजना गरिएको अन्तरक्रियामा सरोकारवालाले कोभिड–१९ बाट थला परेको बन्दीपुरको पर्यटन उकास्न आवश्यक रहेकामा जोड दिए ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुरको मुख्य आधार...
असोज ११,
भक्तपुर । सरकारले हालै सार्वजनिक गरेको चिकित्सक सेवा नियमावली र एकिकृत परिक्षाको सूचनाका केही बुदाँमा नीजि अस्पतालमा कार्यरत चिकित्सकहरुले आपत्ति जनाएका छन् । आइतबार भक्तपुरको सानोठिमीस्थित चिकित्सा सेवा आयोगमा धर्ना दिदैं गैर सरकारी चिकित्सकहरुले केही बुदाँहरु पुनरावलोकन र परिमार्जन गर्न माग गरेका छन् । उनीहरुले सिट बाडँफाडको विषयलाई मुख्य विषय बनाएका हुन् । खुल्ला प्रतिस्पर्धामा देखिएको अस्वस्थ...
असोज ११,
भारत । इन्डियन प्रिमियर लिग (आईपीएल)को आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्यलाई कोलकाताले १२ बल बाँकी छँदा सफलतापूर्वक पछ्यायो । कोलकाताको जीतमा शुभमन गिल नायक बने । उनले सर्वाधिक ७० रनको योगदान दिए । आईपीएलमा पाँचौ अर्धशतक लगाएका उनी प्लेयर अफ द...
असोज १०,
दार्चुला । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम सुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो ।
भारतले सडक निर्माणकाक्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नम्बर-१, छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो...
असोज १०
काठमाडौं । कोभिड-१९ कारण देखाउदैं चीन नाकामा कडाई गरेपछि नेपालको बजारमा समानको अभाव हुन थालेको छ । चीनले रोकावट गरेकाले केरुङ नाकाबाट सामान ल्याउन नसक्दा अभाव भएको छ ।
रोकथाम तथा नियन्त्रणका लागि लामो समय ‘लकडाउन’ र निषेधाज्ञा जारी हुँदा व्यापार/व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिनायता बजार खुलेपनि उपभोग्य सामग्री पर्याप्त नहुँदा व्यापार शून्य रहेको व्यवसायीले बताएका...
असोज १०
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानका नाममा उक्त प्रदर्शन भएको हो । हुम्लामा चीनले सीमा मिचेको भन्ने विषयमा सरकारको तर्फबाट परारष्ट्रमन्त्री ज्ञवालीले दिएको प्रष्टीकरण आपत्तिजन रहेको राजीनामा मागेर प्रदर्शन गरेको हो । कर्णाली प्रदेश सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रदर्शनमा सहभागीले सीमा अतिक्रमण बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली...









