उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि

128

असोज ११,
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ८०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभर भने १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुष गरी १५७३ जनामा संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । यस्तै आज थप १० को मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ सय ७७ पुगेको छ ।