‘बन्दीपुर पर्यटक स्वागत गर्न तयार छ’

298

असोज ११,
तनहुँ । पर्यटकीय नगरी बन्दीपुर पर्यटक स्वागत गर्न तयार रहेको सरोकारवालाले बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइको आयोजनामा आज आयोजना गरिएको अन्तरक्रियामा सरोकारवालाले कोभिड–१९ बाट थला परेको बन्दीपुरको पर्यटन उकास्न आवश्यक रहेकामा जोड दिए ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुरको मुख्य आधार पर्यटन रहेकाले पर्यटकीय गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । बन्दीपुर सुरक्षित रहेकाले घुम्न आउन पर्यटकलाई अध्यक्ष थापाले आग्रह गरे ।

“बन्दीपुर पूर्णरुपमा सुरक्षित छ भन्ने सन्देश फैलाएर पर्यटक भित्र्याउनुपर्ने बेला आएको छ”, थापाले भने । उहाँले बन्दीपुरमा पर्यटकको आकर्षण बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको बताए । बन्दीपुर आउने पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीले प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा थापाले जोड दिए ।