परराष्ट्रमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

219

असोज १०
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानका नाममा उक्त प्रदर्शन भएको हो । हुम्लामा चीनले सीमा मिचेको भन्ने विषयमा सरकारको तर्फबाट परारष्ट्रमन्त्री ज्ञवालीले दिएको प्रष्टीकरण आपत्तिजन रहेको राजीनामा मागेर प्रदर्शन गरेको हो । कर्णाली प्रदेश सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रदर्शनमा सहभागीले सीमा अतिक्रमण बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमिबाट चिनियाँ फिर्ता जाऊ, सोझो नेपालीसँग छलछाम बन्द गर लगायतका नारा लगाएका थिए । उनीहरुले ‘गो ब्याक चाइना’, नेपाल आमाको जय, राष्ट्रिय एकता अभियान जिन्दावाद भन्ने नारा लगाएको स्थानीयले बताएका छन् ।