पहिरोले पुरिएर एक जनाको मृत्यु

160
सांकेतिक तस्विर

असोज ११,
बुटवल । पाल्पमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका ३ शिखरडाँडा बस्ने वर्ष ३३ का राजकुमार थापामगरको पहिरोमा पुरिएको अवस्थामा आज शव फेला परेको हो । उनी घरदेखि पश्चिमतर्फ रहेको जंगलमा दाउरा लिन जाँदा पहिरोमा पुरिएर हराएका थिए ।
सोही सूचनाको आधारमा स्थानीय नागरिक, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलद्वारा खोजतलास गर्दै आएको थियो । उनलाई आज मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यता,रुपन्देही देवदहमा एक महिलाको शव फेला परेको छ । देवदह नगरपालिको नपा १२ कनपरास्थित रोहिणी खोला किनारको बगरमा अन्दाजी ५० वर्षकी महिलाको शव फेला परेको हो । आज दिउँसो फेला परेको शवको विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले थप अनुसन्धान गरिहेको जनाएको छ । शवको पोष्टमार्टन गर्न भीम अस्पताल भैरहवा लगिएको छ । -रातोपाटीबाट