कार्तिक २२,
काठमाडौँ । प्रहरीले काभ्रेको रोशी गाउँपालिका–११ भैँसेडाँडा बस्ने २५ वर्षीय सुब्बा बिसुङ्खेको हत्यामा संलग्न सन्तोष नेपालीलाई पक्राउ गरेको छ । बिसुङ्खेको शनिबार बिहान ढुंगा प्रहारबाट हत्या भएको थियो । आफ्नो बुबालाई बञ्चरो प्रहार गरेर घाइते बनाएको रिसमा सोही ठाउँका २४ वर्षीय सन्तोष नेपालीको ढुंगा प्रहारबाट बिसुङ्खेको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रवि पौडेलले जानकारी दिए...
कार्तिक २२,
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गरेका छैनन् । मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्यरूपमा बजेट मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ । विवरण पेश नगर्ने...
कार्तिक २२,
काठमाडौं । बितको २४ घण्टामा काठमाडौं उपत्यकामा १४१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा ६२५ महिला र ८८७ पुरुष रहेका छन् ।
हाल देशभर सक्रिय संक्रमितमध्ये २८ हजार ९२० जना होम आइसोलेशनमा रहेका छन् भने बाँकी विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । यस्तै हाल देशभर ३६५ जना आईसीयू र ७६ जना...
कार्तिक २२,
काठमाडौं । नेकपाभित्रको विवाद गम्भीर मोडमा पुगेपछि पार्टी एकतालाई बचाउन तथा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन गर्दै आएको आलटालविरुद्ध शुक्रबार नेकपाका ५ सचिवालय सदस्यको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्यो । यो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेका थिए ।
सो बैठकले कार्यकारी...
कार्तिक २१,
काठमाडौं । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठमा असन्तुष्ट पक्षले दर्ता गरेको विरोधपत्रमा छलफल भएको थियो । नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुट्न सकेन । बैठक शनिबार दिउँसो १ बजेसम्मलाई स्थगन भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।शुक्रबारको बैठक पनि वरिष्ठ...
कार्तिक २१,
काठमाडौं । पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १...
गोरखापत्र दैनिक
कार्तिक २१, हुम्ला । आफू र परिवारको सुखका लागि उहिले मुुग्लान पस्ने चलन थियो । अहिले पनि देश–प्रदेश भौँतारिने गरिन्छ तर जुक्ति जानिए गाउँघरकै स्रोत र साधनले परिवर्तन ल्याउन सक्ने सफलताको कथा यहाँ एउटा गाउँले देखाएको छ । गाउँकै पाखापखेरामा खेर गइरहेको स्थानीय जडीबुटी त्यसको कारण बनेको छ । त्यही स्थानीय स्रोतको सदुपयोगले नै सिङ्गो गाउँकै मुहारमा परिवर्तन ल्याउन...
नयाँ पत्रिका दैनिक
कार्तिक २१, काठमाडौं । सरकारको खबरदारी गर्न र जनताको पक्षमा आवाज उठाउन कांग्रेसले जनमत पाएको हो, तर सत्तामा हुँदा निदाएको कांग्रेस प्रतिपक्ष भएको तीन वर्षसम्म पनि जागेको छैन । संसद् र आवश्यकताअनुसार सडकमै उत्रेर जनताको मुद्दालाई सशक्त बनाउने जिम्मेवारी पाएको कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकाबाट विमुख छ । महाधिवेशनको दौडमा लागेका कांग्रेस नेता विपक्षीको ‘धर्म’ भुलिरहेका छन् ।पार्टीभित्र...
अन्नपूर्ण पोष्ट
कार्तिक २१, काठमाडौं । नेकपाका दुई अध्यक्ष प्रायः झगडा गर्छन्। कुनै बिन्दुमा पुगेपछि भेट्छन्। त्यहीँ विवाद गर्छन्। अडान राख्छन्। सम्बन्ध झन् चिस्याएर छुट्छन्। अहिले त्यही भइरहेछ।
पाँच दिनसम्मको आरोप–प्रत्यारोपबीच अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार बालुवाटारमा करिब एक घण्टा भेटे। तर, छलफल गत शनिबारको भन्दा झन् बिथोलिएपछि त्यत्तिकै टुंगिएको बालुवाटार स्रोतले बतायो।छलफलमा दुई...
कान्तिपुर दैनिक
कार्तिक २१, काठमाडौँ — सर्वोच्च अदालतले ‘कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न नसकिने’ भन्दै सरकारले दर्ता गरेको पुनरावलोकन निवेदन अस्वीकार गरेपछि स्वास्थ्य मन्त्रालय अन्योलमा परेको छ । सर्वोच्चको बिहीबारको फैसलापछि स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्नुपर्नेछ ।सर्वोच्चको निःशुल्क परीक्षण र उपचारसम्बन्धी आदेशबारे स्वास्थ्य मन्त्रालयले छलफल गर्ने प्रवक्ता डा। जागेश्वर गौतमले बताए । कोरोना परीक्षण र उपचारमा शुल्क...










