Sunday, July 26, 2026
Home Blog Page 1076
कार्तिक २० सल्यान । प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रक्राउ गरेको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीको हत्या ४३ वर्षिया आफ्नै श्रीमती इश्वरी कामीले गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकोमा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि...
कार्तिक २०, काठमाडौं । जस्तो आरोप लागेपनि नेताहरुको राजीनामा दिने भन्ने कुरा हाम्रो देशमा लाग्दैन् । तर, युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनीमाथि युद्धअपराध गरेको आरोप लाग्दै आएको थियो । त्यसैले उनले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग पनि उठ्दै आएको थियो । हालैमात्र उनका विरुद्धमा हेगमा रहेको युद्धअपराध अदालतमा मुद्धा...
कार्तिक २० पोखरा । दसैंको टिका सकिएको भोलिपल्टै पोखराको आकाश प्याराग्लाइडिङले भरिभराउ देखिए । दसैं बिदामा जोखिम मोलेरै भए पनि घुम्न निस्किएका आन्तरिक पर्यटकहरु प्याराग्लाइडिङ गर्न ताँती नै लागेका थिए । पोखरा पर्तिरकै पदयात्रा मर्दीमा पनि हप्तादिन यता घुम्न जानेको लर्को नै लागेको छ । छेउछाउकै पदयात्रा बन्द हुँदा मर्दी भने खुल्लै थियो ।पर्यटकको बाक्लो घुँइचो लागेपछि मर्दी प्रवेश...
कार्तिक २०, अमेरिका । जो बाइडेडले हाल ट्रम्पसँग २५३–२१३ को अग्रता हासिल गरिरहेका छन् । एरिजोना, जर्जिया, नेभाडा, नर्थ क्यारोलाइना र पेन्सिलभिनियामा निकै नजिकको टक्कर भइरहेको छ । डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले बाराक ओबामाको लोकप्रिय मतको कीर्तिमानलाई तोडेका छन् । राष्ट्रपतीय चुनावमा सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेको नयाँ कीर्तिमान बनाउन बाइडेन सफल भएका हुन्...
गोरखापत्र दैनिक कार्तिक २०, काठमाडौँ । गत भदौ १९ गते दाबा स्टेभेन शेर्पा नेतृत्वको छ सदस्यीय आरोहण दलले यस वर्षकै पहिलोपटक आरोहण अनुमति पाउँदा महामारीले मुर्झाएको नेपालको पर्यटन क्षेत्रमा एउटा आशा पलाएको थियोे । यो सन् २०२० को सुरुवातमा भ्रमण वर्षको उत्साहले हौसिएको नेपाली पर्यटन क्षेत्र कोभिड सङ्क्रमणले करिब आधा वर्ष ठप्प भएपछि आएको एउटा सुखद खबर थियो । नेपालका...
१६ चिकित्सकको सामूहिक राजीनामा नयाँ पत्रिका दैनिक कार्तिक २०, काठमाडौं । वीर अस्पतालका १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन् । आकस्मिक कक्षमा कार्यरत उनीहरूले अस्पताल निर्देशक डा। केदार सेन्चुरीलाई राजीनामा बुझाएका हुन् । कोभिड–१९ महामारीमा जोखिमबीच सेवामा खटिँदा पनि अस्पतालले आफूहरूको मनोबल गिराउने काम गरेकाले राजीनामा दिएको चिकित्सकहरूको भनाइ छ । ‘ज्यालादारी भनेर दसैँ, तिहार भत्ता दिइएन, एक दिनको तलब कट्टा गरेर दिइयो,...
अन्नपूर्ण पोष्ट दैनिक कार्तिक २०, काठमाडौं । सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्। पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका छन्। त्यसपछि क्रमशः भारतमा ९२ र भुटानमा ९१.६, अफगानिस्तानमा ८२.५ र बंगलादेशमा ७९.८ प्रतिशत छ। नेपालमा निको...
                                झन्डै १६ लाखले रोजगारी गुमाए, १२ लाख गरिब थपिए कान्तिपुर दैनिक कार्तिक २०, काठमाडौँ — कोभिड–१९ ले गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा करिब २ खर्ब रुपैयाँ बराबरको क्षति गरेको सरकारी अध्ययन कार्यदलको प्रतिवेदनले देखाएको छ । योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनले २०७६/७७...
कार्तिक १९, कालिञ्चोक । दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती नेपालको एक चर्चित धार्मिक तथा पर्यटकीय स्थल हो । कालिञ्चोक भगवती जाने बाटोमा रहेको कुरीका पर्यटन व्यवसायीहरुले पाहुनालाई ३० प्रतिशतसम्म छुट दिने योजना बनाएका छन् । 'हामीले प्याकेजमा ३० प्रतिशतसम्म छुट दिने छौै,' कुरी बजारमा रहेको होटल फायर साइडका संचालक सुदिन केसीले भने । खाना, बासलगायतका कुरामा सक्दो सहुलियत दिने योजना...
कार्तिक १९ काठमाडौं । सरकारले तीन सय शय्याको कोभिड अस्पताल बनाउने जिम्मा नेपाल प्रहरीलाई दिएको छ । उक्त अस्पताल बनाउने जिम्मा नेपाल प्रहरी अस्पतालाई दिइको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बुधबार सो कुराको जानकारी दिएका छन् ।मन्त्रालयले कोभिड प्रयोगशाला सञ्चालन गरिरहेका अस्पताल तथा मेडिकल कलेजले पोजिटिभ आएका व्यक्तिलाई टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको छ...