आज २९०९ जना कोरोना संक्रिमत थपिए

86

कार्तिक २१,
काठमाडौं । पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । हाल ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ ।