Friday, July 24, 2026
Home Blog Page 1046
माघ ४, काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत आइतवारबाट ४० वर्षका भएका छन् । वि।सं। २०३७ साल माघ ४ गते दोस्रो सन्तानको रुपमा उनको जन्म काठमाडौंमा भएको थियो । उनका एक दिदी र एक बहिनी छन् । पहिलो पटक फिल्म ‘लुट’ निर्देशन गरेपछि चर्चामा आएका उनी श्रीमती स्वस्तिमा खड्का र निर्देशक हेमराज विसीसँग जन्मदिन मनाउन मकवानपुरको चित्लाङ पुगेका...
माघ ४, भक्तपुर । इट्टा भट्टा व्यवसायले पारेको प्रवाभको बिषयमा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार टेवा नेपालको सहयोगमा सकार महिला बहु उद्देश्यीय सहकारी संस्था लिको आयोजनामा उक्त कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा इट्टाभट्टा व्यवसायी, मजदुर, चानपा ८ का प्रभावित समुदाय, वरपरका बिद्यालय स्वास्थ्य चौकी, प्रहरी प्रभाग , जननिर्वाचित वार्ड प्रतिनिधिहरु सहितको उपस्थितिमा रहेको थियो ।...
माघ १, काठमाडौं । ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को वि.सं. २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । यसअघि वि.सं. २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा...
कान्तिपुर दैनिक माघ १, काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । दाहाल–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ गरेका छन् ।बुधबार साँझ ६ देखि ८ बजेसम्म राजधानीमा...
अन्नपूर्ण पोष्ट माघ १, भक्तपुर । जिल्लाको भक्तपुर नगरपालिका–२ यालाछेंस्थित भक्तपुर दरबार क्षेत्र परिसरमा शारदा माध्यमिक विद्यालयको भवन पुनर्निर्माण गर्न लागिएको भन्दै इतिहासविद् तथा संस्कृतिविद्सँगै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन् । उनीहरुले भक्तपुर दरबार क्षेत्र परिसरका ९९ चोकमध्ये केही चोक रहेको उक्त क्षेत्रमा विद्यालय भवन पुनर्निर्माण स्वीकृति दिनु आपत्तिजनक भएको बताए । ‘भक्तपुर दरबार क्षेत्र उत्खनन् गर्ने भन्दै आएको...
माघ १, काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्...
पुस २८, काठमाडौं । इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।पक्राउ परेका व्यक्ति छुटाइदिने प्रलोभनमा पारेर सेवाग्राहीसँग रकम माग...
कैलाली । सत्तारुढ नेकपा (ओली पक्ष) द्वारा आयोजित सभालाई सम्बोधन गर्न मंगलबार बझाङ जिल्लाको च‌ैनपुरमा पुगेका सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई प्रचण्ड-नेपाल निकट अनेरास्ववियूले कालो झण्डा सहित विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमका विरुद्ध उनीहरुले सडकमा कालो झण्डा देखाउदै टायर बालेर प्रदर्शन गरेका थिए । मन्त्री ठगुन्नाको...
पुस २८, काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए ।युरोप,अमेरिकाजस्ता महादेशका विकसित मुलुकमा पठाउने भन्दै काठमाडौँ उपत्यकाका युवासमेत विभागमा उजुरी दिन आउने गरेको उनले...
पुस २८, काठमाडौं । जनता समाजवादी पार्टी नेपालमा पनि संसद विघटनको विषयलाई लिएर दुईटा समूह बनेका छन् । एउटा समूहले संसद पुनःस्थापना हुनुपर्ने कुरामा जोड दिएको छ भने अर्को समूहले अदालतको फैसलालाई स्वीकार गर्ने भन्दै चुनावको वकालत गरिरहेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरुले संसद पुनःस्थापना नै हुनुपर्ने भन्दै आइरहेका छन् भने जसपा नेपालका अर्का अध्यक्ष...