इट्टा भट्टा व्यवसायको प्रभाव बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

380

माघ ४,
भक्तपुर । इट्टा भट्टा व्यवसायले पारेको प्रवाभको बिषयमा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार टेवा नेपालको सहयोगमा सकार महिला बहु उद्देश्यीय सहकारी संस्था लिको आयोजनामा उक्त कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा इट्टाभट्टा व्यवसायी, मजदुर, चानपा ८ का प्रभावित समुदाय, वरपरका बिद्यालय स्वास्थ्य चौकी, प्रहरी प्रभाग , जननिर्वाचित वार्ड प्रतिनिधिहरु सहितको उपस्थितिमा रहेको थियो । उनीहरुले वातावरण प्रदूषण, मानविय स्वास्थ्यमा परेको असर, भट्टामा काम गर्ने मजदुरको अवस्था बारेमा ध्यान दिनु पर्ने धारणा राखेका थिए ।

अन्तरक्रियामा बोल्दै चागुँनारापया नपा वार्ड न ८ का अध्यक्ष परासर सापकोटाले इट्टा भट्टा व्यवसाय आवश्यक रहेको तर इट्टा भट्टा मानव बस्तीभन्दा पर हुनु पर्ने र यसका नकारात्मक प्रवाभलाई कम गर्न संबन्धित सबै पक्ष गम्भिर रहनुपर्ने बताए ।्र इट्टा भट्टा व्यवसायी एवं साबिक सुडाल गाविस तत्कालिन अध्यक्ष रामकुमार बुढाथोकीले सरकारी अनुगमन संयन्त्र निकै फितलो भएकोले गर्दा इट्टाभट्टा व्यवसाय प्रति आम जनमानसमा नकारात्मक भावाना फैलाउन मद्दत पुगेको बताए । भट्टामा कार्यरत मजदुरहरुको लापर्वाहिले गर्दा खानेपानीका मुहान र वरपरका बातावरण प्रदूषण हुने गरेको उनको भनाई छ ।

साकार महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लिकी अध्यक्ष नारायणी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भट्टा मजदुर प्रतिनिधि बिपना थापा, स्थानीय सरोकारवालाको प्रतिनिधि सरस्वति दुलाल, बिद्यालय प्रतिनिधि बिक्रम थापा, सुड़ाल स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्र खडका, स्थानीय समाजसेवी रामसरण कार्की, वार्ड सदस्य नरेन्द्र बहादुर श्रेष्ठ लगायतले आ-आफ्नो धारणा राखेका थिए । -राजकुमार लामिछाने